शनिबार, साउन १२, २०८१
  • होमपेज
  • बलिउड/हलिउड
  • म अयज देवगनका कारण सिंगल नै रहेँ: तब्बू
बलिउड/हलिउड

म अयज देवगनका कारण सिंगल नै रहेँ: तब्बू

बलिउडमा ९० दशकका हिट जोडी हुन्, तब्बू र अजय देवगन। उनीहरूले थुप्रै हिट फिल्म दिएका छन्।

हालै तब्बूले एक अन्तर्वार्तामा अजयसँग आफ्नो मित्रताको बारेमा कुराकानी गरेकी छन्। उक्त अन्तर्वार्तामा उनले अजय देवगनको कारण आफू अविवाहित रहेको खुलासा गरिन्।

विज्ञापन

‘अजय मेरो काकाको छोरा समीर आर्यका छिमेकी र नजिकका साथी थिए। हामीहरू सँगै हुर्कियौं। म सानो हुँदा समीर र अजय मेरो जासुसी गर्थे, मलाई पछ्याउँथे र मसँग कुरा गर्ने केटालाई पिट्ने धम्की दिन्थे। त्यसैले म अजय देवगनको कारण सिगंल नै रहेँ। आशा छ कि यस कारण ऊ पछुताउने छ,’ उनले भनिन्।

विज्ञापन

उनले ठट्टा गर्दै अजयलाई नै आफ्नो विवाहको लागि केटा खोज्न बताइन्।

उनले भनिन्, ‘मैले भरोसा गर्ने भनेको अजयलाई नै हो। ऊ बच्चाजस्तै छ र ऊसँग हुँदा आफूलाई सुरक्षित महसुस गर्छु। ऊसँग सेटमा हुँदा तनावमुक्त हुन्छु। हामीबीच राम्रो मित्रता छ।’

तब्बू र अजयले ‘विजयपथ, हकीकत, तक्षक, दृश्यम, गोलमाल अगेन र दे दे प्यार दे’मा सँगै काम गरेका छन्। उनीहरूको आगामी फिल्म ‘दृश्यम २’ नोभेम्बर १८ मा प्रदर्शन हुँदैछ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस