आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • मेयर रेनु दाहालद्धारा ‘भरतपुर उज्यालो शहर’ अभियान को शुभारम्भ, १ हजार ९ सय ३३ वटा स्मार्ट सडक बत्ती जोडिने
समाचार

मेयर रेनु दाहालद्धारा ‘भरतपुर उज्यालो शहर’ अभियान को शुभारम्भ, १ हजार ९ सय ३३ वटा स्मार्ट सडक बत्ती जोडिने

चितवन । 

भरतपुर महानगरले थालेको उज्यालो शहर अभियानको औपचारिक सुरु भएको छ । नेपाल बिद्युत प्राधिकरण र भरतपुर महानगरको साझेदारीमा सुरु भएको उज्यालो शहर अभियान अन्तर्गतको स्मार्ट सडक बत्ती जडान कार्यकोे उद्धघाटन गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले अभियानको शुभारम्भ गरेकी छिन् ।

विज्ञापन

भतपुर महानगर २५ को शुक्रनगर साना किसान चोकमा स्मार्ट सडक बत्तीको पोल जडान गरी महानगर प्रमुख दाहालले यसको शुभारम्भ गरेकी हुन् । मंगलपुर शिबनगर शुक्रनगर प्रचण्ड मार्गको २२.१३ किलोमिटर सडकमा ६५२ वटा स्मार्ट सडक बत्ती जडान गर्ने कामको मेयर दाहालले शुभारम्भ गरेकी हुन् ।

विज्ञापन

 

भरतपुर महानगरले भरतपुर महानगरमा ८ वटा रुटलाई पहिलो प्राथमिक्तामा पारेर त्यसको ७८.१ किलोमिटर सडकमा १ हजार ९ सय ३३ वटा सडक बत्ती जडान गर्दै छ ।११ करोड ४९ लाख ८९ हजार ३०० रुपैयाको लागतमा सेफ स्टील,सूर्योदय उर्जा,टपशन जेभीले निर्माणको टेक्का पाएको नेपाल बिद्युत प्राधिकरण राष्ट्यि सडक बित्त प्रर्वधन आयोजनाले जनाएको छ ।

यी सबै बत्तीहरु स्मार्ट हुने र कार्यालयमै बसेर कुन बत्ति कहा बिग्रिएको छ भनेर मोनिटरिगं समेत गर्न मिल्ने गरी बत्ति जडान हुने आयोजनाका अधिकारहिरु बताउछन् । जसको ५ वर्ष सम्म निमार्ण कम्पनिले मर्मत सम्भार समे गर्ने गरि ठेक्का सम्झौता भएको बताईएको छ ।

कार्यक्रमको शुभारम्भ गर्दै मेयर दाहालले यो सबै स्मार्ट बत्ती जडान गर्ने काम आगामी बैशाख भित्र पुर्ण रुपमा सकिसक्न निर्देशन दिइन् । भरतपुर महानगरलाई सुन्दर हराभरासंगै उज्यालो महानगर बनाउन आफु लागेको र त्यही अन्तर्गत उज्यालो सहर अभियानको परिकल्पना गरिएको दाहालको भनाई छ । यसले भरतपुर महानगरको बिकासमा थप टेवा पुग्ने उनको भनाई छ ।

आयोजनाले हाकिमचोक गितानगर जगतपुर सडक खण्डको १८.४६ किलोमिटर सडकमा ४०१ वटा, चौबिसकोठीदेखी मेघौली सम्म ५६९ वटा, पुल्चोकदेखी दियालो बंगलासम्म ५८ वटा, दियालो बंगलादेखि जिल्ला प्रशासन कार्यालयसम्म १६५ वटा, बसेनी बजार देखी लामाटोल सम्म ५० वटा, वीरेन्द्र क्याम्चोपसक देखी बिशालचोकसम्म ३८ वटा गरेर १ हजार ९ सय ३३ वटा सडक बत्ती जडान गर्दैछ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस