शुक्रबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • समाचार
  • भीम रावलको प्रश्न- देउवा नेपाली कि विदेशीको प्रधानमन्त्री ?
समाचार

भीम रावलको प्रश्न- देउवा नेपाली कि विदेशीको प्रधानमन्त्री ?

Renu Dahal

काठमाडौं ।

नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली कि विदेशीको प्रधानमन्त्री भन्दै प्रश्न गरेका छन् ।

विज्ञापन

एमसीसी अनुमोदान नगर्ने हो भने सत्तारुढ गठबन्धन भंग गरिदिने भन्दै प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनको बैठकमा धारणा राखेको विषय मिडियामा आएपछि नेता रावलले देउवा नेपालीको प्रधानमन्त्री कि विदेशीको भन्दै प्रश्न गरेका हुन् ।

विज्ञापन

नेता रावलले ट्वीटरमा लेखेका छन्– ‘प्रम देउवालाई एमसीसी सम्झौता अनुमोदन गर्नैपर्ने विदेशी दवाव आएकोले त्यो नगर्ने हो भने गठबन्धन सरकार नै भंग गरिदिने रे ! एमसीसी चाहिन्न भन्ने स्वाधीन नेपाली जनमतको दवावलाई वेवास्ता गर्ने तर विदेशी दवाव सामु घुँडा टेक्ने देउवाजी नेपालीको प्रम कि विदेशीको ? जनतालाई जवाफ दिनुहोस् ।’

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस