On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • अहिले पनि ओलीले धुन्धुकारी प्रवृत्ति छाडेका छैनन् , कांग्रेसले गठबन्धन गरेन भने पनि हामी रुनेवाला छैनौं : चित्रबहादुर केसी
समाचार

अहिले पनि ओलीले धुन्धुकारी प्रवृत्ति छाडेका छैनन् , कांग्रेसले गठबन्धन गरेन भने पनि हामी रुनेवाला छैनौं : चित्रबहादुर केसी

काठमाडौं ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आगामी निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धन गरेन भने पनि आफ्नो पार्टी रुनेवाला नभएको बताएका छन् ।

विज्ञापन

पत्रकारसँग कुरा गर्दै नेता केसीले भने, “हामी जितहारको हिसाबले राजनीति गर्दैनौं । कसको आड लागेर चुनाव जितित्छ भने राष्ट्रिय जनमोर्चा बनेको पनि होइन ।

विज्ञापन

कांग्रेसका सबैले गठबन्धन गर्नुपर्दैन भनेका छैनन् । कांग्रेसले गठबन्धन गरेन भने पनि हामी रुनेवाला छैनौं । २०७४ मा एक्लै गएको कांग्रेसले २३ सिटमा खुम्चिएको किन बिर्सिएको हो ?”

केपी ओलीको प्रतिगमनलाई घाटमा पुर्याउनका लागि गठबन्धन बनेको औंल्याउँदै नेता केसीले यसको निरन्तरता आवश्यक रहेको औंल्याए । उनले थपे, “सबै कुरा मिलेर गठबन्धन भएको होइन । गठबन्धन ओलीको प्रतिगमनलाई घाटमा पुर्याउन बनेको हो । यसले प्रतिगमनलाई धुलो चटाएको छ । अहिले पनि ओलीले धुन्धुकारी प्रवृत्ति छाडेका छैनन् । संसद् चल्न दिएका छैनन्, भाँडभैलो गरिरहेका छन् । त्यसैले गठबन्धनको औचित्य सकिएको छैन ।”

उनले अमेरिकाले यहाँका नेताहरुको घोक्रो हात राखेर एमसीसी पास गराउन खोजेको आरोप पनि लगाए । उनले थपे, “अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवामात्र होइन, पहिलेका प्रधानमन्त्री खड्गप्रसाद ओली पनि एमसीसी पास गर्न ज्यान फालेर लागेका थिए ।

चीनविरोधी गठबन्धनमा नेपाललाई सामेल गर्ने षड्यन्त्र हामीले बुझेका छौं । नेपाल राष्ट्र ठूलो हो कि गठबन्धन ? यतिको जनआक्रोश हुँदाहुँदै अमेरिकाले यहाँका नेताहरुको घोक्रोमा हात लगाइरहेको छ । नेपालीको टीठले एमसीसी दिएको होइन ।”

पार्टीले अनिश्चितकालका लागि साढे दुई वर्ष अघि नै किक आउट गरिसकेका व्यक्तिले जनमोर्चा विभाजनको अफवाह फैलाएको आरोप पनि उनले लगाए । नेता केसीले भने, “हामीले उहिल्यै हटाइसकेका व्यक्तिहरु हुन् । गुट बनाउने र कसले मिसाउँछ भनेर च्याँखे थाप्नेहरुका कारण राष्ट्रिय जनमोर्चा कमजोर हुन्छ ? त्यस्तो कल्पना कसैले पनि नगरे हुन्छ ।”

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस