बुधबार, साउन १४, २०८२
  • होमपेज
  • समाचार
  • वामदेवका स्वकीय सचिव विष्ट बने एमाले प्युठानको अध्यक्ष, सूर्य थापालाई धक्का
समाचार

वामदेवका स्वकीय सचिव विष्ट बने एमाले प्युठानको अध्यक्ष, सूर्य थापालाई धक्का

काठमाडौं।

 

विज्ञापन

एमाले प्युठानको अध्यक्षमा विजयविराज विष्ट विजयी भएका छन् । सोमबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार उनले तीन सय १४ मत ल्याएका छन् ।

विज्ञापन

अध्यक्षका अर्का प्रतिस्पर्धी नेहरसिंह केसीले एक सय ७६ मत पाए । पदाधिकारीमध्ये उपाध्यक्षमा झगबहादुर विश्वकर्मा, सचिवमा माधव शर्मा तथा दुई सहसचिवमा श्रीधर रोका र दीपा घर्ती विजयी भएका छन् । अध्यक्षमा विजयी विष्ट वामदेव गौतम निकट हुन् ।

उनी गौतमका स्वकीय सचिवालयमा कार्यरत थिए । विष्टलाई हराउन भनी एमाले अध्यक्ष केपी ओलीका पूर्वप्रेस सल्लाहकार सूर्य थापा प्युठान पुगेका थिए । उनी २०७४ सालको निर्वाचनमा समेत भोट हाल्न गएका थिएनन् ।

तर, यसपटक भने विष्टलाई अध्यक्ष बन्न नदिन नेहरसिंह केसीलाई अध्यक्षमा उठाएका थिए । तर, थापाका उम्मेदवार केसी विष्टभन्दा दोब्बर मतले पराजित भएका छन् ।

प्युठान वामदेव र सूर्य थापाको गृहजिल्ला हो । एमालेमा नरहे पनि अझैसम्म वामदेवको प्युठानमा पकड नै रहेको यसले देखाउँछ ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस