काठमाडौं ।
एमाले महासचिव शंकर पोखरेलले जनादेशलाई खण्डित पार्ने काम माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डले गरेकाले एमालेले ताजा जनादेशको कुरा उठाएको बताएका छन् ।
विज्ञापन
अखिल नेपाल किसान महासंघ राष्ट्रिय समितिको दोस्रो पूर्ण बैठकलाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै पोखरेलले ५ वर्ष काम गर्न पाएको जनादेशलाई खण्डित पार्न खोजेकाले संसद् विघटन गरी ताजा जनादेशमा जान खोजे पनि अवरोध सिर्जना गरेको बताए ।
विज्ञापन
अहिले पनि ताजा जनादेशमाथि प्रहार भएको भन्दै उनले ताजा जनादेशलाई निरंकुश भन्नु उचित नभएको बताए ।
पोखरेलले ताजा जनादेशमा जानु लोकतन्त्र विरोधी नभएको तर्क गरे । उनले संगठनात्मक अराजकतालाई चिर्नका लागि बलिया पार्टी बनाउनुपर्ने धारणा राखे ।
फेसबुक प्रतिक्रियाहरु