मङ्लबार, पुस २, २०८१
  • होमपेज
  • समाचार
  • ‘विवेकशील साझा पार्टीभन्दा माथि देश’ भन्दै रञ्जु दर्शनाद्वारा पार्टी परित्याग
समाचार

‘विवेकशील साझा पार्टीभन्दा माथि देश’ भन्दै रञ्जु दर्शनाद्वारा पार्टी परित्याग

नेता रञ्जु दर्शनाले विवकेशील साझा पार्टी परित्याग गरेकी छन्।

बिहीबार बिहान ‘विवेकशील साझा पार्टीभन्दा माथि देश’ शीर्षकमा वक्तव्य जारी गर्दै रञ्जु दर्शनाले याे पार्टी छाडेकाे घाेषणा गरेकी हुन्।

विज्ञापन

‘म संलग्न पार्टीले संघीय गणतान्त्रिक नेपालमा वैकल्पिक राजनीतिको खोल ओढेर अत्यधिक फोहोर गरिरहेको छ, जुन मैले सफा गर्ने कोसिस पनि गरें, तर पूर्ण रूपले सफा गर्न असमर्थ रहें’, रञ्जुले भनेकी छन्, ‘तसर्थ म यही संगठनमा बसेर नेपाली राजनीतिमा थप फोहोर बढाउन सक्दिनँ।’

विज्ञापन

विवेकशील साझा पार्टीको साधारण सदस्यसमेत नरहनेगरी अलग भएको जानकारी उनले दिएकी छन्।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस