काठमाडौं।
बिभिन्न मुद्दाहरुमा बिवादित रहेका पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँलाई नेकपा एमालेमा भित्राउन अध्यक्ष केपि शर्मा ओली पुष ८ गते विरगञ्ज जान लागेका छन् ।
विज्ञापन
ओलीले नेकपा (माओवादी केन्द्र) बाट गाउँपालीका प्रमुख जितेका मियाँलाई एमालेमा प्रवेश गराएर पर्सा जिल्लामा पार्टीलाई मजबुत गर्ने तयारी गरिरहेका हुन ।
पुष ८ गते हुने वृहत पार्टी प्रवेश कार्यक्रममा मियाँसंगै सयौंको संख्यामा कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गर्ने कार्यक्रम रहेको छ ।
ओली सहभागि हुने कार्यक्रममा प्रदेश २ को आठवटै जिल्लाबाट करिब एक लाख जनता तथा कार्यकर्ता जगरनाथपुरमा उतार्ने कार्यक्रम एमाले प्रदेश कमिटिले तयारी गरीरहेको छ ।
एमाले प्रदेश २ का ईन्चार्ज रघुविर महासेठको अध्यक्षतामा बिरगञ्जमा भएको बैठकले कार्यक्रमलाई भव्य बनाउन विभिन्न निर्णयहरु गर्दै १ लाख नागरिक सहभागि गराउने तयारी गरेको हो । त्यसका लागि हरेक जिल्लामा तयारी समिति समेत गठन गरिएको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को नजिकी मानिएका जालिम मियाँ माओवादीकै अर्का नेता प्रभु साह एमालेमा गएपछी उनकै सल्लाहमा एमाले प्रवेश गर्न लागेका हुन् ।
विरगञ्जका हिंदुवादी नेता काशि तिवारीको ह’त्या मुद्दामा आरोपित रहेका मियाँमाथी कोरोना माहामारीको शुरुवातमा भारतमा कोरोना फैलाउन उद्दत रहेको ‘तगलिफी जमात’ नामक कट्टर मुस्लिम संगठनका भारतिय मौलानाहरुलाई आफ्नै घरमा आश्रय दिएको आरोप समेत छ ।
उक्त मुद्दामा भारतिय गुप्तचरहरुको खोजतलाशमा समेत रहेका मियाँ केहिदिन फरार भएका थिए । भारतिय सञ्चारमाध्यममा व्यापक खबर प्रशारण भएपछी उनले सफाई दिएका थिए ।
मियाँमाथी केहि महिना अगाडी मात्रै उनका कान्छो छोरोको सालीको रहस्यम ह’त्या भएको कुराको निगरानी समेत छ ।
दिदिको घरमा बसिआएकी मियाँको कान्छो छोरोको सालीको रहस्यम मृ’त्यु भएपछी उनको सव लुकाई–छिपाई दाहसंस्कार गर्ने क्रममा पर्सा प्रहरीले विरगञ्जबाट पक्राउ गरेको थियो । ह’त्या गरेको आशंकामा प’क्राउ गरिएको शवको बारेमा हालसम्म अनुसन्धान जारी छ ।
फेसबुक प्रतिक्रियाहरु