काठमाडौं ।
नेकपा एमालेको जारी १०औं महाधिवेशन अन्तर्गत सर्वसम्मत नेतृत्व चयनका लागि अध्यक्ष केपी ओली निकट नेताहरू छलफलमा जुटेका छन् ।
विज्ञापन
आइतबार बिहानैदेखि उनीहरू सहमतिका लागि छलफलमा जुटेका हुन् । सहमति नभए निर्वाचन हुने भएका कारण निर्वाचनको तयारी पनि पुरा गरेर राखिएको छ ।
विज्ञापन
आइतबार बिहान ११ बजे बन्दसत्र सुरु हुने भनिए पनि केही समय ढिलो हुनसक्ने नेताहरूले बताएका छन् ।
ओली समूहभित्रै सुवास नेम्वाङ, ईश्वर पोखरेल, शंखर पोखरेल लगायत नेताहरूले आआफ्नो पदीय आकांक्षामा अडान कायम राखेपछि सहमति जुटाउन असहज भइरहेको छ ।
स्रोतका अनुसार भीम रावल र घनश्याम भूसालसँग भने सहमतिका लागि ओलीले कुनै किसिमको संवाद हालसम्म गरेका छैनन् ।
आइतबारको बन्दसत्र सुरु भएपछि अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी, पोलिटब्यूरो र केन्द्रीय सदस्यका नाम पेस गर्ने बताइएको छ ।
उनले पेश गरेको सूचिमा चित्त नबुझाउने नेताले उम्मेदवारी दर्ता गर्नसक्ने ओली निकट नेताहरूले बताएका छन् ।
केन्द्रीय निर्वाचन आयोग प्रमुख विजय सुब्बाले भने अध्यक्ष मण्डलबाट निर्वाचन गराउने निर्देशन आएपछि निर्वाचनको प्रक्रिया सुरु गराउने बताएका छन् । निर्वाचनका लागि सबै तयारी पूरा रहेको पनि उनले बताए ।
फेसबुक प्रतिक्रियाहरु