शनिबार, पुस १३, २०८१
  • होमपेज
  • समाचार
  • एमालेलाई टाउको उठाउन नदिने बाबुरामको घोषण !
समाचार

एमालेलाई टाउको उठाउन नदिने बाबुरामको घोषण !

गोरखा ।

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले एमालेलाई प्रतिगमन शक्तिको संज्ञा दिएका छन्।

विज्ञापन

संगठन सुदृढीकरण अभियानअन्तर्गत १५ दिने कार्यक्रम लिएर गोरखा आएका उनले सोमबार एमालेलाई टाउको उठाउनसमेत दिन नहुने तर्क गरेका हुन्।

विज्ञापन

‘एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानलाई ध्वस्त पार्ने ढंगले विध्वंसात्मक दिशातिर लम्किरहेकाले उनलाई रोक्न अन्य पार्टीको तालमेल आवश्यक छु,’ उनले भने, ‘प्रतिगमनको हर्कत रोक्नका लागि पाँचै दल एकमत हुन नसके पनि जससँग सहमति हुन्छ ती दल गठबन्धन गरेर प्रतिगमन शक्तिलाई टाउको उठाउन दिनु हुन्न।’

कांग्रेस, माओवादी, नेकपा (एस)का नेताहरूले यो गठबन्धन चुनावसम्म जाने बताइरहे पनि नेता भट्टराईले भने यसबारेमा कुनै सहमति नभएको प्रस्ट पारेका छन्।

‘सरकारमा रहेको पाँच दलीय गठबन्धन चुनावसम्म लैजाने विषयमा अहिलेसम्म सहमति भएको छैन। म यता आएपछि एक दुईदिन यता भएको भए मलाई थाहा छैन। तर, गठबन्धन भइदिए हुन्थ्यो भन्ने चाहिँ मलाई पनि लागेको छ’, उनले भने।

हाल मुलुकमा न्यायपालिकाको विवाद गिजोलिएर गएकाले व्यवस्थापिकाबाट समाधान खोज्नु पर्ने उनको तर्क छ। ‘राज्यलाई अपाङ्ग बनाएर लामो समय राख्नु हुँदैन। कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका एक एकअर्का बीच समस्या ग्रस्त हुँदा त्यसलाई समाधान गर्नको निम्ति राजनीतिक दलहरूले समाधानको पहल लिनुपर्छ। भित्रबाट मात्रै हल भएन भने व्यवस्थापिकाबाट समाधान गर्नुपर्छ’, उनले भने।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस