सोमवार, पुस १५, २०८१
  • होमपेज
  • समाचार
  • पार्टी महाधिवेशन कसैले चाहेर पनि सार्न सक्दैन : गगन थापा
समाचार

पार्टी महाधिवेशन कसैले चाहेर पनि सार्न सक्दैन : गगन थापा

सिन्धुली । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले कांग्रेस महाधिवेशन पूर्वनिर्धारित समय तालिकामै गर्न नसके पार्टीको वैधानिकता नै संकटमा पर्ने बताएका छन्।

विज्ञापन

 

विज्ञापन

 

पछिल्लो तालिका कसैले चाहेर पनि सार्न नसक्ने उनले बताएका छन् । सोमबार सिन्धुलीको रानीवासस्थित सिन्धुली कांग्रेसको आयोजनामा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘पुसको पहिलो साता पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्नुपर्ने छ । १३ औं महाधिवेनबाट निर्वाचित सभापति, पदाधिकारीलाई अब निर्वाचन आयोगले चिन्दैन, मान्दैन,’ उनले भने ।

 

यस्तै आगामी निर्वाचनमा नेपाली कांग्रेसले कोही कसैसँग मिलेर नलड्ने पनि उनको चेतावनी थियो । उनले भने, ‘वैशाखमा स्थानीय तहको चुनाव हुन्छ । मंसिरमा आम निर्वाचन हुन्छ । महाधिवेशन सकिएको भोलिपल्ट झण्डा उठाएर स्थानीय चुनावमा लाग्नुपर्ने छ ।’ साथै अधिवेशन कसैलाई तिक्तता नबढाउने खालको हुनुपर्ने पनि नेता थापाको भनाइ थियो ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस