Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, भदौ २५, २०८१
  • होमपेज
  • समाचार
  • शेरबहादुर र रामचन्द्रबाट अब कांग्रेस चल्न सक्दैन : प्रकाशमान
समाचार

शेरबहादुर र रामचन्द्रबाट अब कांग्रेस चल्न सक्दैन : प्रकाशमान

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा पार्टी चल्न नसक्ने बताएका छन्।

कांग्रेसलाई बलियो बनाउन नेतृत्व परिवर्तनको विकल्प नभएको सिंहले बताए।

विज्ञापन

‘अब देउवा र पौडेलजीबाट पार्टी चल्न सक्दैन,’ सिन्धुलीको कमलामाईमा आयोजित कार्यक्रममा सिंहले भने,‘पार्टी बलियो बनाएर देशको भविष्य सुन्दर बनाउन नेतृत्व परिवर्तनको विकल्प छैन।’

विज्ञापन

कांग्रेसमा नेतृत्व परिवर्तनका लागि मिसन र भिजनसहित आफू प्रस्तुत भएको उनले बताए। सिंहले आफूसँग कांग्रेस हाँक्ने दृढ इच्छाशक्ति, विचार तथा सही योजना रहेको पनि तर्क गरेका छन्।

क्षणिक लाभका लागि पार्टी र देशको भविष्य बर्बाद हुनबाट जोगाउन पनि उनले आग्रह गरे । ‘बेथितिबाट कांग्रेस र देश चल्दैन,’ सिंहले भने,‘पदको लोभ नगर्नुस्, पैसाको क्षणिक लाभ नहेर्नुस्, भविष्य हेर्नुस्। छोरा नाति-पनातिको भविष्य हेर्नुस्। राम्रो नेता चुनेर पठाउनुस्। कांग्रेस बचाउनुस्।’

कांग्रेस कमजोर हुँदा देश र लोकतन्त्र नै कमजोर हुने तर्क उनले गरे। कांग्रेस कमजोर हुँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई पटक प्रतिनिधि सभा विघटनको दुस्साहस गरेको सिंहले बताए। ‘कांग्रेस कमजोर भए कम्युनिस्टहरूले लोकतन्त्र नै फालिदिन्छन्,’ सिंहले भने।

कांग्रेसको नेतृत्वमा महत्वपूर्ण ऐतिहासिक कार्यहरु भएको स्मरण गराउँदै देशलाई समृद्ध बनाउने भूमिका पनि खेल्ने उनले बताए। विगतमा कम्युनिस्टहरूले नसकेपछि काँग्रेसको नेतृत्वको सरकारको पालामा संविधान जारी भएको उनको तर्क थियो।

दुईतिहाइ मत पाउँदा पनि ओली सरकार टिक्न नसकेको उनले बताए। ‘कम्युनिस्टहरूले राजनीतिक स्थायित्व दिन सक्दैनन् भन्ने प्रमाण हो यो,’उनले भने। ओली सरकारको पालामा कम्युनिस्टहरु भित्रै भ्रष्टाचारको प्रतिष्पर्धा बढेको बताए । उनले भने,‘भ्रष्टाचारमा प्रतिष्पर्धा गर्दा गर्दै सरकार ढलेको हो।’

ओलीलाई हावादारी गफमा कसैले जित्न नसक्ने बताए। कम्युनिस्टहरूको लहैलहैमा लाग्दा देश समस्यामा फसेको बताए।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस