बुटवल।
गृहमन्त्री बालकृष्ण खाँणले ५ दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने बताएका छन्। आइतबार (आज) रुपन्देहीको तिलोत्तमास्थित आफ्नै निवासमा आयोजित कार्यक्रममा गृहमन्त्री खाँणले ५ दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने बताएका हुन्।
विज्ञापन
मन्त्री खाँणले संविधानको रक्षा र जनविश्वासलाई बलियो बनाउन नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको सत्ता गठबन्धन आम निर्वाचनसम्म कायम रहने बताए।
विज्ञापन
त्यस्तै उनले बेमौसमी वर्षाका कारण आएको बाढी, पहिरो तथा डुबानबाट भएको जनधनको क्षतिको उचित व्यवस्थापन गरिने समेत बताए।
फेसबुक प्रतिक्रियाहरु