शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • समाचार
  • केपी ओलीका झुन्डहरुको प्रलोभनमा नफसौं : प्रकाश ज्वाला
समाचार

केपी ओलीका झुन्डहरुको प्रलोभनमा नफसौं : प्रकाश ज्वाला

काठमाडौं ।

नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेश इन्चार्ज तथा केन्द्रीय उप–महासचिव प्रकाश ज्वाला तिहारको शुभकामना आदान–प्रदान गर्न सल्यान पश्चिम पुगेका छन् ।

विज्ञापन

उनले पछिल्लो राजनीति घटना क्रमसँगै केन्द्रीय राजनीतिको विषयमा समेत कार्यकर्ता माझ पार्टीको केन्द्रीय सरकुलर प्रष्ट पारेका छन् ।

विज्ञापन

समाजवादी गठन गर्नुको कारण नै तानाशाही प्रवृत्तिकाविरुद्धको विद्रोह भएको जनाएको छ । यसअघि भएको सल्यान पश्चिम क्षेत्रको समाजवादीको आम भेला अभियानले एमाले पंक्तिका लागि च्यालेन्ज भएको ज्वालाले बताए ।

पार्टी कार्यालय उद्घाटन गर्दै उनले भने, ‘पार्टी कार्यालय भनेको मुटु हो । पार्टी कामको रक्त सञ्चार गर्ने केन्द्रविन्दु पार्टी कार्यालय हो । अन्यायकाविरुद्ध विद्रोह गरेका हौं’ ।

दुःखी, गरिब, विपन्नहरुको लागि एकीकृत समाजवादी भएको र यसैको आदर्श बोकेर अघि बढेको दाबी गररे । ‘अत्याचारविरुद्धमा विद्रोह आवश्यक रहेको र अन्यायकाविरुद्धमा लाग्ने सबै अपिल गर्छु’ उनले भने ।

कम्युनिष्टको नाममा दमन, अत्याचार, भ्रष्टाचार गर्ने केपि सरकारले देखिने खाल्का कुनै पनि काम नगरेको उनले बताए । ‘मनमोहन अधिकारीको जस्तो ९ महिने सरकारका जति पनि काम गरेको छैन । अझ् ७० करोड काण्ड नै केपिको गिनिज वुकमा लेख्ने इतिहासमै नाम दर्ता भएको छ । केपिको पार्टी झुन्डहरुको प्रलोभनमा नफसौं’ उनले थपे ।

समाजवादको आधार भत्काउन केपि आएको उनले बताए । अब हामी त्यो आधार एकीकृत समाजवादीले तय गर्ने उनले बताए । नेकपा एकीकृत समाजवादीले दृढ संकल्प लिएको उनले दाबी गरे ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस