On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • एमालेमा दसबुँदे पक्षधर नेताबीचमै मतभेद !
समाचार

एमालेमा दसबुँदे पक्षधर नेताबीचमै मतभेद !

काठमाडौं । नेतृत्व चयनका लागि दसौं राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा एमालेको असन्तुष्ट समूह (दसबुँदे सहमतिका पक्षधर १० नेता) भित्रै मतभेद देखिएको छ । दसबुँदे सहमतिलाई मुद्दा बनाएर संस्थापन पक्षसँग संघर्षसहितको सहकार्य गर्ने वा महाधिवेशनसम्म दसबुँदेको मुद्दा सुषुप्त राख्ने भन्ने विषयमा असन्तुष्ट समूहमा मतभेद देखिएको हो ।

दसबुँदे सहमतिका पक्षधर १० नेता विभाजित देखिएपछि अध्यक्ष केपी शर्मा ओलीले उनीहरूमाथि दबाब बनाउन थालेका छन् । उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालले पूर्वसहमतिअनुसार दसबुँदेको इमान्दारितापूर्वक कार्यान्वयन खोजेका छन् तर उनीहरूको कार्यशैलीले संस्थापन पक्षसँगको सम्बन्ध झनै जटिल हुने र त्यसले महाधिवेशनमा अप्ठ्यारो पार्न सक्ने भन्दै अन्य आठ नेताले मौनता साँधेका छन् ।

विज्ञापन

‘हामी यति कमजोर हुने थिएनौं, उहाँहरूको अपरिपक्व कार्यशैलीकै कारण यस्तो भएको हो,’ दसबुँदे सहमति पक्षधर एक नेताले भने, ‘उहाँहरूले गर्दा हामी पनि कमजोर भयौं । उहाँहरू जति बोल्नुहुन्छ्, त्यति बिग्रिराखेको छ ।’ रावल र भुसालले भने आफैंले गरेको सहमति कार्यान्वयन हुनुपर्ने अडानबाट पछाडि हटे पनि अरू नेताप्रति असन्तुष्टि जनाएका छैनन् ।

विज्ञापन

बिहीबारको स्थायी कमिटी र शुक्रबारको केन्द्रीय कमिटी बैठकमा पनि असन्तुष्ट समूहका नेताहरूबीच दसबुँदेलाई लिएर एकरूपता छैन भन्ने देखिएको थियो । केन्द्रीय कमिटी बैठकमा रावलले दसबुँदे सहमति कार्यान्वयनको मुद्दा उठाउँदा यसका पक्षधर अन्य नेताले साथ दिएनन् ।

बरु, दसबुँदेकै पक्षधर अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र अमृत बोहोरालगायत नेताले हस्तक्षेप गरेर ओली–रावल तनाव शान्त पारेका थिए । कार्यान्वयनमा आलटाल भएको भन्दै कात्तिक ५ मा बसेको स्थायी कमिटी बैठकमा रावलले दसबुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजकबाट राजीनामा दिएका थिए ।

सोही बैठकमा रावल र भुसालको प्रस्तुतिलाई लिएर अरू नेताले भने असन्तुष्टि जनाएका थिए । ‘स्थायी कमिटी बैठकमा रावल र भुसाल कमरेडले भन्दा युवराज कमरेडले धेरै व्यवस्थित र कडा रूपमा कुरा राख्नुभएको थियो,’ दसबुँदे सहमतिमार्फत एमालेमा रहेका ती नेताले भने, ‘उहाँले बैठकका कुरा बाहिर नलगौं पनि भन्नुभएको थियो तर साथीहरूले आफ्ना कुरा बाहिर ल्याउन हतार गरे ।

मिडियामा बोलेर मात्रै नेता भइन्छ भन्ने सोच उहाँहरूले त्याग्नुपर्‍यो ।’ बैठकमा रावल र भुसालले दसबुँदे सहमति कार्यान्वयमा ओली इमान्दार नभएको भनेर आलोचना गरेका थिए ।

प्रभु साहनिकट दुई नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेकोमा पनि रावलको आपत्ति थियो । यसमा पनि अन्य नेताले उनलाई साथ दिएनन् । शुक्रबारको केन्द्रीय कमिटी बैठकमा कुन्दन कुशवाह र मोहम्मद समीरले शपथ लिएका थिए ।

‘घनश्याम भुसाल र भीम रावललाई साह्रै पीडा लाग्ने रे, हामीलाई पीडा नहुने भन्ने हुन्छ रु मैले दसबुँदे पनि भनिराखेको छैन । एमाले र माओवादीबाट आउनुभएका सबै साथीलाई समेट्नुपर्छ, तब न पार्टी बन्छ,’ एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले कान्तिपुरसँग भनिन्, ‘त्यसकारण अलि फराकिलो मन केपी कमरेडले पनि बनाउनुपर्छ । हाम्रा साथीहरूले पनि मन साँघुरो बनाउन हुन्न । सक्रियतापूर्वक आ–आफ्नो क्षेत्रमा लागेर पार्टी बनाउनुपर्छ ।’

उपमहासचिव घनश्याम भुसालले १० बुँदे कार्यान्वयन हुनुपर्नेमा एक ठाउँमा भएको बताए । उनले पार्टीमा प्रणाली लागू गर्ने विषयमा मतभेद हुन नसक्ने जनाए । ‘१० बुँदे समझदारी उल्लंघन भएकोमा खुसी हुने डरलाग्दो प्रवृत्ति छ,’ उनले भने, ‘यसरी डरलाग्दो संस्कृतिले प्रश्रय पाएको छ ।’

केन्द्रीय कमिटी बैठकमा भुसाल कोरोना संक्रमण भएका कारण सहभागी थिएनन् । स्थायी कमिटी बैठकमा भने उनले दसबुँदे सहमति कार्यान्वयन र दसौं महाधिवेशनमा राजनीतिक–वैचारिक मुद्दामा बहसको माग गर्दै अध्यक्ष ओलीलाई पत्र लेखेका थिए । तर, उनको पत्रलाई ओलीले बैठकमा छलफलको विषय बनाएनन् ।

दसबुँदे सहमतिका पक्षधर अन्य नेताले भुसालले पत्र लेखेकोमा पनि चित्त बुझाएका छैनन् । पार्टीका मुद्दा र असहमति कमिटीमा होइन, सार्वजनिक फोरममा उठाएको भन्दै अध्यक्ष ओली रावल र भुसालप्रति असन्तुष्ट छन् । उनले मुद्दा पार्टी कमिटीमा राख्नुपर्ने बताएका छन् ।

रावल र भुसालले आफूनिकट नेताहरूलाई एकीकृत समाजवादीमा जानबाट रोक्न नसकेकोमा पनि अरू नेता असन्तुष्ट छन् । ‘भीम कमरेडले सुदूपश्चिममा जोगाउन सक्नुभएन, उहाँको अन्यत्र कुनै सम्पर्क छैन, घनश्यामजीले पनि धेरैलाई जोगाउन सक्नुभएन,’ दसबुँदे पक्षधर अर्का नेताले भने, ‘लड्नका लागि जग बलियो बनाउनुपर्छ । अहिले अधिवेशन, महाधिवेशन हुँदै छन्, उहाँहरूको त्यता ध्यान गएको छैन ।’

पार्टी विभाजनमा माधवकुमार नेपाललाई साथ नदिएका रावल, शाक्य, ज्ञवाली, भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, भीम आचार्य, योगेश भट्टराई, रघुजी पन्त र अमृत बोहरा दसबुँदे सहमतिमार्फत एमालेमै रहने निर्णय गरेका थिए ।

अन्यत्र कार्यान्वय भए पनि सुदूरपश्चिममा सहमति कार्यान्वयन नभएको रावलको भनाइ छ । सहमति कार्यान्वयन हुँदा रावल प्रदेश इन्चार्ज हुन्थे तर अध्यक्ष ओलीले लेखराज भट्टलाई नै कायम राखेका छन् ।

सहमति उल्लंघन भएकामा खुसी हुने डरलाग्दो प्रवृत्ति: घनश्याम भुसाल

पार्टीमा संस्थागत प्रणाली ध्वस्त छ । पार्टी प्रणालीले नचल्ने भएपछि व्यक्तिले चलाउँछ । काम पनि मूलतः व्यक्तिकेन्द्रित हुन्छ । पार्टीमा प्रणाली भत्केको भन्ने विषयमा हामी एक ठाउँमै छौं । दसबुँदे सहमति उल्लंघन भएकामा खुसी हुने डरलाग्दो प्रवृत्ति छ । यसरी डरलाग्दो संस्कृतिले प्रश्रय पाएको छ । पार्टी प्रणाली किन भत्किन्छ रु पार्टीमा व्यक्ति किन हाबी हुन्छ रु भन्ने केही सैद्धान्तिक प्रश्न छन् । पार्टीले कार्यदिशा प्रस्ट पारे पनि कार्यदिशा कसरी लागू गर्ने भन्ने विषयमा प्रश्न छन् । कार्यदिशा लागू गर्न कार्यक्रम चाहिन्छ । त्यस्ता कार्यक्रम छैनन् । अध्यक्षले दसबुँदे लागू गर्दैनौं भन्नु प्रणाली बिग्रेको उदाहरण हो । यसमा प्रश्न किन नउठाउने रु अध्यक्षले कुरा नबुझ्दासम्म समस्या भइरहनेछ ।

दसबुँदे मात्रै भनेर पनि हुँदैन: अष्टलक्ष्मी शाक्य

दसबुँदेको भावना पनि सबैलाई मिलाएर लैजानुपर्छ भन्ने हो । कतिपय ठाउँमा राम्रो भएको छ । कहींकहीं केही मिल्न बाँकी छ तर दसबुँदे मात्रै भनेर पनि हुँदैन । मलाई यो तरिका नै मन पर्दैन किनभने दसबुँदे भनेर हामी भित्र पसिसक्यौं ।

हामीले आ–आफ्ना पद लिएर बसिसक्यौं । हामीलाई पार्टीबाट हटाएको भए पो तलतल पनि धेरै ठाउँमा साथीहरू समेटिनुभएको छ । यो भनेको दसबुँदे सहमति कार्यान्वयन हो । कतिपय साथीहरू एकीकृत समाजवादीमा जानुभयो । वाग्मती प्रदेशबाट त्यति धेरै साथीहरू समाजवादीतिर जानुभएको छैन ।

केही विवाद भएको ठाउँमा मैले फोन गरेर भए पनि दुवै पक्षलाई मिलेर जानुपर्छ भनेको छु । तर केही ठाउँमा व्यक्तिको स्वभावले अलि–अलि समस्या छ । दसबुँदे सहमति सिद्धान्त होइन, व्यवहारमा कार्यान्वयन गर्ने कुरा हो । त्यसकारण एकै पटक र भन्नेबित्तिकै सबै कुरा मिल्छन् भन्ने होइन ।

सुदूरपश्चिममा अलि धेरै साथीहरू जानुभएको छ । हामीले आफ्नो ठाउँलाई सम्हाल्नु पनि पर्छ । समस्या केपी ओली समूहभित्र पनि छ । चाहना र भावना एउटा, काम अर्को भएको छ । हिजो एकदम अलमलिएका थियौं । माधव नेपाललाई पनि दसबुँदेबाट छिरौं भनेको थिएँ । ओलीको शैली कस्तो थियो भन्ने हामी सबैलाई थाहा थियो नि ।

-ईकान्तिपुरबाट

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस