सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • सर्वोच्चमा संकट देखिएका बेला दुई न्यायाधीश नाटकीय रूपमा भारत पुगे
समाचार

सर्वोच्चमा संकट देखिएका बेला दुई न्यायाधीश नाटकीय रूपमा भारत पुगे

काठमाडौ। 

सर्वोच्च अदालतमा संकट देखिएका बेला सर्वोच्च अदालतकै दुई जना न्यायाधीश नाटकीय रूपमा भारत पुगेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको विषयमा विवाद चर्किएको बेला उनीहरू नाटकीय रूपमा भारत लागेका हुन् ।

विज्ञापन

 

विज्ञापन

बुधबार बिहान सेनाको हेलिकप्टरमा नेपालगञ्ज पुगेका न्यायाधीशद्वय सपना मल्ल प्रधान र अनिल कुमार सिन्हा भारत पुगेका छन् । जिल्ला भ्रमणका लागि भन्दै नेपालगञ्ज पुगेका उनीहरू बिहानै भारततर्फ लागेका थिए ।

 

सर्वोच्चमा विवाद देखिएका बेला उनीहरू नाटकीय रूपमा भारत जानुलाई अर्थपूर्ण मानिएको छ । बुधबार बिहान नेपाली सेनाको पुमा हेलिकोप्टरबाट उनीहरू नेपालगञ्ज पुगेका थिए। नेपालगञ्जबाट न्यायाधीशद्वय प्रधान र सिन्हा एउटै गाडीमा भारत लागेको स्रोतले बताएको छ ।

 

प्रधानन्यायाधीश जबराकोमाथि गम्भीर प्रश्न उठाएर राजीनामा मागिएकै बेला प्रधान र सिन्हा भारत किन गए भन्ने खुलेको छैन ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस