शुक्रबार, पुस ५, २०८१
  • होमपेज
  • समाचार
  • केपी ओलीलाई धक्का : प्रभु साहले नेकपा ब्युँताउने, ५१ सदस्यीय कमिटी तयार
समाचार

केपी ओलीलाई धक्का : प्रभु साहले नेकपा ब्युँताउने, ५१ सदस्यीय कमिटी तयार

माओवादी परित्याग गरी नेकपा एमालेमा लागेका पूर्वमन्त्री प्रभु साह एमालेमा नरहने र माओवादीमा पनि नफर्कने निष्कर्षमा पुगेका छन् । अब उनले पुरानै नेकपालाई ब्युँताउने भएका छन् । ‘नेकपा पुनर्गठन’का लागि साहको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय कमिटीको नामावलीसमेत तयार भइसकेको छ ।

 

विज्ञापन

‘केपी ओलीले हाम्रा ८ बुँदे मागहरु पूरा नगरी केही नेतालाई टपक्क टिपेर पद बाँड्ने र फकाउने नीति मात्र लिएको हुनाले हामी एमालेमा रहन नसक्ने भयौं, प्रभु साह निकट एकजना नेताले  भने, ‘त्यसैले अब साहको अध्यक्षतामा नेकपा पुनर्गठन गर्न लागिएको हो । ५१ सदस्यीय केन्द्रीय कमिटीको नामावली तयार भइसक्यो, केही दिनमै घोषणा हुन्छ ।’

विज्ञापन

यसअघि प्रभु साह नेकपा माओवादी केन्द्रमै फर्कने चर्चा पनि चलेको थियो । तर, माओवादीको मुख्य नेतृत्वले यसमा चासो नदेखाएको भन्दै साहले बेग्लै पार्टी बनाउने निर्णय लिएको स्रोतले बतायो । तत्कालका लागि नयाँ पार्टीको नाम नेकपा नै राखेर अघि बढ्ने साहको तयारी छ ।

नेकपा पुनर्गठन गर्ने साहको तयारीलाई एमालेभित्र रहेका अन्य पूर्वमाओवादी नेताहरुले पनि साथ दिने बुझिएको छ । साहले बनाउने केन्द्रीय कमिटीमा दुई दर्जन बढी पूर्वसभासदहरुको नाम समावेश हुने स्रोतको दाबी छ ।

रौतहट​का​ पूर्वमाओवादी सांसद एवं पूर्ववर्ती ओली नेतृत्वको सरकारका मन्त्री रहेका साहले यसअघि एमालेबाट असन्तुष्ट भई आइटी आर्मी गठन गरेका थिए । आइटी आर्मीको ब्यानरमा प्रदेश २ मा विभिन्न कार्यक्रमहरु गरेका उनले यसमार्फत सातै प्रदेशमा नेटवर्क बनिसकेको बताउँदै अब देशैभरि नेकपा पुनर्जाग्रित गर्ने लाइन लिएको स्रोतले बतायो ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस