सोमवार, फाल्गुन १०, २०८२
  • होमपेज
  • समाचार
  • घनश्याम भुसालले बादललाई भने : ‘तपाईं लिनप्याओ नै हो’
समाचार

घनश्याम भुसालले बादललाई भने : ‘तपाईं लिनप्याओ नै हो’

Renu Dahal

काठमाडौं। नेकपा एमाले महाधिवेशनको तयारीमा छ। पार्टी विभाजन भएपछि पनि एमाले अब कसरी अघि बढ्छ भन्नेबारे अन्योलमा नै छ। अध्यक्ष केपी शर्मा ओलीसँग १० बुँदे सहमति गरेर माधव नेपालको साथ छोडेर एमालेमा नै आएकाहरूले फेरि विद्रोहको चेतावनी दिइरहेका छन्। हिजो बसेको बैठकमा पनि सवाल जवाफ र तिक्तता पूर्ण अवस्था रहेको बैठकमा सहभागी एक स्थायी समिति सदस्य बताउँछन्।

बैठकमा उपस्थित भीम रावलले बैठकको सुरुमा नै अध्यक्ष ओलीले १० बुँदे प्रति दिएको धारणाको विरोध गरेका थिए। तर, ओलीले भने १० बुँदे छिट्टै लागू गर्नुपर्छ भनेको र १० बुँदे जस्ताको तस्तै लागू गर्न नसकिने स्पष्ट पारेका थिए। त्यसलगत्तै घनश्याम भुसालले युद्धबन्दीको जस्तो व्यवहार हामीमाथि गरिएको र हाम्रै जिल्लामा भने १० बुँदे लागू नगरिएको बताएका थिए।

विज्ञापन

यसैक्रममा रामबहादुर थापा ‘बादल’ले बोल्दै गर्दा हिजो ओली सरकार ढाल्न साथ दिनेहरूकै कारण आज यस्तो अवस्था आएको र लिनप्याओवादी सोच हाबी हुन खोजेको भनेर ओलीलाई उचालेपछि घनश्याम भुसालले जहाँ बादल त्यहाँ लिनप्याओवाद भन्दै जवाफ फर्काएका थिए।

विज्ञापन

बादलको ओली मोह अहिले एमालेमा हेर्न लायक भएको एक ओली निकट नेता नै बताउँछन्। उनी ओली पछिको आफू बन्न खोजेको भन्दै ओलीको विश्वास पात्र नै सशंकित छन्। एमालेमा सुवास नेम्वाङ, पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली र ईश्वर पोखरेल लगायत नेताहरू समेत १० बुँदे लागू गरौं भन्दै गर्दा ओलीले चासो नदिनुलाई ओली बादल केमेस्ट्री सजिलै बुझ्न सकिने जानकार बताउँछन्।

माओको पालामा माओपछिको नेतृत्वकर्ताको रूपमा लिनप्याओ लाई हेरिएको थियो। तर उनी माओको अगाडि भने आफू मामुली कार्यकर्ता भएको, सधैं माओकै बिचारमा हिँड्ने बताउँथे र उनकै गुणगान गाइरहन्थे तर उनको भित्री रहस्य भने माओत्सेतुङलाई सिद्धाएर आफू नेतृत्वमा उदाउने तयारी थियो।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस