आइतवार, बैशाख ७, २०८२
  • होमपेज
  • समाचार
  • ओलीले १० बुँदे ट्याउँट्याउँ चाहिँदैन भनेपछि घनश्याम भुसालले भने– भद्दा भौतिकवाद
समाचार

ओलीले १० बुँदे ट्याउँट्याउँ चाहिँदैन भनेपछि घनश्याम भुसालले भने– भद्दा भौतिकवाद

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले यसअघि नेकपा एमाले एकता जोगाउन भन्दै गरिएको १० बुँदेको अब अर्थहीन भएको भनेपछि नेकपा एमाले नेता घनश्याम भुसालले यसको टिप्पणी गरेका छन् ।

 

विज्ञापन

उनले सामाजिक सन्जाल फेसबुकमा एउटा सँस्कृत श्लोकसहित भद्दा भौतिकवाद भन्दै ओलीको १० बुँदे प्रतिको धारणाको टिप्पणी गरेका हुन् ।

विज्ञापन

सामाजिक सन्जालमा भुसालले यसबारे एक सँस्कृत श्लोक पनि लेखेका छन् । उनले लेखेको छन्—

यावत् जीवेत् सुखम् जीवेत्।

 

ऋणं कृत्वा घृतं पिबेत्।

भस्मिभूतस्य देहस्य पुनरागमनं कुतः।

 

यो श्लोकको नेपाली अर्थ हुन्छ– जति जिउँछौ सुखसँग जिउने गर । ऋण गरेर भए पनि घिउ पिउने गर । चितामा भष्म हुने यो शरीर हो, पुनर्जन्म कसरी हुन्छ ?

यसअघि बुधबार काठमाडौंमा बागमती प्रदेश महाधिवेशन कमिटीको प्रथम भेलामा सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले अब १० बुँदेको ट्याउँट्याउँ आवश्यक नभएको बताएका थिए ।

उनले यसअघि माधवकुमार नेपाललाई पनि पार्टीमा राखिरहनका लागि यो १० बुँदे गरिएको भन्दै उनले पार्टी छोडेर गएपछि यसको अर्थ नभएको बताएका थिए ।

यही १० बुँदेलाई कार्यान्वयन गर्ने भन्दै नेपाल रहँदैको एमालेका १० स्थायी कमिटीले नेपालको साथ छोडेर नेकपा एमाले रोजेका थिए । यसअघि नेकपा एमालेका नेता भीम रावलले पनि १० बुँदेबारे ओलीले गरेको टिप्पणीको खण्डन गरेका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस