सोमवार, फाल्गुन १०, २०८२
  • होमपेज
  • समाचार
  • चितवनमा थप्पड हान्दा भुईंमा लडेर एक जनाको मृ’त्यु
समाचार

चितवनमा थप्पड हान्दा भुईंमा लडेर एक जनाको मृ’त्यु

Renu Dahal

चितवन।

चितवनमा सामान्य विवादमा थप्पड हान्दा भुइँमा लडेर एक जनाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ४ रामघाटका भीमबहादुर बिक रहेका छन् ।

विज्ञापन

रामघाटस्थित दुर्गाचोकमा मदिरा सेवन गरेका बिकलाई सोही ठाउँका दीलिप श्रेष्ठले सामान्य विवादमा थप्पड हान्दा उनी भुइँमा लडेको र उपचारका क्रममा उनको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले जानकारी दिए । उनकाअनुसार भुइँमा लड्दा उनको टाउकोमा चोट लागेको थियो ।

विज्ञापन

 

 

 

पछि स्थानीयले उपचारका लागि चितवन मेडिकल कलेज लगेका थिए । तर, उनको उपचारको क्रममा मृ’त्यु भएको प्रहरीले जनाएको छ ।थप्पड हान्ने श्रेष्ठलाई प’क्राउ गरी ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको अधिकारीले बताए ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस