शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • बहुमत जुटाएरै देखाउँछु मुख्यमन्त्रीमा टिक्छु : भीम आचार्य
समाचार

बहुमत जुटाएरै देखाउँछु मुख्यमन्त्रीमा टिक्छु : भीम आचार्य

काठमाडौं । विपक्षी गठबन्धनले नयाँ सरकार गठनको प्रयास गरिरहेको बेला प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आफूले विश्वासको मत पाउने दावी गरेका छन् ।

झापाको विर्तामोडमा आयोजित दसैं विशेष चियापान कार्यक्रममा मुख्यमन्त्री आचार्यले विश्वासको मत जुटाउन प्रयासरत रहेको र सफल हुने दाबीसमेत गरे।

विज्ञापन

अफ्ठ्यारो स्थितिमा आफ्नो नेतृत्वमा प्रदेश सरकार बनेको भन्दै उनले भने,‘सुरुमा हामीसँग बहुमत थियो, तर राष्ट्रियराजनीतिमा आएका समस्या (गज्याङगुजुङ)का कारण हामी अहिले बहुमतमा छैनौं।

विज्ञापन

अरुसँग मिलेर बहुमत जुटाउने काम गरिरहेका छौं। त्यसमा सम्भव हुन्छौं भन्ने लागेको छ।’

यसबाहेक मुख्यमन्त्री आचार्यले केन्द्र सरकारले तीन महिनामा मन्त्रिपरिषद् पूर्णता दिएको विषयमा समेत कटाक्ष गरे। उनले भने, ‘जब सरकार बन्नै तीन महिना लाग्छ भने त्यसले कति दिनमा योजना बनाउँछ, र कहिले कार्यान्वयन गर्छ  ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस