काठमाडौं । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली फेरि प्रधानमन्त्री बन्न नपाउने भएका छन् । ओलीलाई फेरि प्रधानमन्त्री हुन रोक लगाउने गरि एमालेको विधान संसोधनको तयारी गरिएको छ।
उनलाई फेरि प्रधानमन्त्री बन्न नै रोक लगाउने गरी विधान संशोधनको प्रस्ताव आएपछि ओली समूहमै खैलाबैला हुने देखिएको छ । एमालेमा फेरि एक पटक ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेर चुनावी तयारी भैरहेको बेला ल्याइएको यस्तो प्रस्तावपछि ओली समूह झस्किएको छ ।
विज्ञापन
आइतबार काठमाडौंमा शुरु भएको स्थायी कमिटी बैठकमा पेश गरिएको विधान संशोधन प्रस्तावमा सरकार प्रमुख दुई पटक भन्दा बढी हुन नपाउने व्यवस्था उल्लेख छ । एमालेका एक नेताका अनुसार यो प्रस्तावले पार्टीमा फेरि एकपटक हलचल मच्चाउने पक्का छ ।
विज्ञापन
ती नेताका अनुसार अहिले ल्याइएको प्रस्तावमा पार्टीका पदहरुमा जस्तै सरकार प्रमुख पनि दुई पटकभन्दा बढी दोहोरिन नपाउने व्यवस्था गरिएको छ ।
असोज १६ र १७ गते हुने विधान महाधिवेशनका लागि स्थायी कमिटीले अहिले आएको प्रस्ताव ल्याइएको हो । यदिविधान महाधिवेशनबाट उक्त प्रस्ताव पारित भए ओली फेरि प्रधानमन्त्री हुन पाउने छैनन् ।
तर असोजमै विधान महाधिवेशन भएको खण्डमा भने ओली अध्यक्षमा उठ्न पाउने छन् । असोजमा ७० वर्ष उमेर हद राख्दा पनि पार्टी अध्यक्ष भने एक पटक हुन पाउने छन् । असोजमा उनी ७० वर्ष पुग्दैनन ।
ओली २०७२ असोज २५ गते पहिलो पटक प्रधानमन्त्री भएका थिए । २०७४ को आम चुनावपछि उनी फेरि प्रधानमन्त्री बनेका ओली २०७८ वैशाख २७ गते विश्वासको मत नपाएसँगै पदमुक्त भएका थिए ।
लगत्तै केही दिनमै दिनपछि संविधानको धारा ७६(३) अनुसार संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री नियुक्त भएका ओलीले विश्वासको मत नलिई संविधानको धारा ७६ (५) बमोजिम सरकार बनाउन राष्ट्रपतिलाई सिफारिस गरेका थिए ।
त्यसपछि ओलीले विघटन गरेको प्रतिनिधिससभा २८ असारमा सर्वोच्च अदालतले पुनर्स्थापनाको फैसला गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएसँगै ओली पदच्यूत भएका थिए ।
फेसबुक प्रतिक्रियाहरु