शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • ‘गणतन्त्र र संघीयतालाई जोगाउन लोकतन्त्र पक्षधरहरु एकठाउँमा उभिनुपर्छ’ : प्रचण्ड
समाचार

‘गणतन्त्र र संघीयतालाई जोगाउन लोकतन्त्र पक्षधरहरु एकठाउँमा उभिनुपर्छ’ : प्रचण्ड

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेपनि गणतन्त्र र संघीयतालाई जोगाउन लोकतन्त्र पक्षधरहरु एकठाउँमा उभिनुपर्ने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा आयोजित सूर्यनाथ रान यादवको स्मृति दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । समाजवादी क्रान्ति अघि बढाउनको लागि विकास समृद्धिको यात्रा हुँदै न्यायसहितको एउटा नयाँ समाज निर्माणको निम्ति रुपान्तरण जरुरी भएको अध्यक्षको भनाई थियो ।

उहाँले पार्टी बिस्तारै बिस्तारै एमालेकरण हुन थालेको भन्दै चिन्ता व्यक्त पनि गर्नुभयो । अध्यक्षले भन्नुभयो, ‘यस्तै भइरहने हो भने र जनताको चाहनाअनुसार नचल्ने हो भने यस्तो सिद्धान्तहीन पार्टी चलाएर के काम भन्न खोजेको हो ।’ एक अर्काे प्रसंगमा नेकपा (माओवादी केन्द्र) ले नै समाजवादी क्रान्तिको रणनीतिलाई अघि बढाउने भएकाले थोरै मिहिनेत ग¥र्यौं भने अब आउँदो चुनावमा एक नम्बर हुने सम्भावना रहेको बताउनुभयो ।

विज्ञापन

अध्यक्ष प्रचण्डले अब फेरि एकपटक सम्पूर्ण कम्युनिष्टहरुले सोच्नुपर्ने बेला आएको भन्दै कम्युनिष्टहरुले नेतृत्व नगरे अरुले बिगार्ने मात्रै देखिएको भन्दै सबै कम्युनिष्टहरुले आँखा चिम्लेर भएपनि देश र जनताको लागि सोच्नुपर्ने बेला आएको उल्लेख गर्नुभयो ।

विज्ञापन

अध्यक्षले पूर्व माओवादी एवं क्रान्तिकारी घटक छिट्टै समीक्षा गरेर एकजुट हुन आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले विप्लव, वैद्य, उपेन्द्र–बाबुराम, मोहनविक्रमहरु एकै ठाउँमा बसेर ऐतिहासिक समिक्षा गर्ने समय आएको बताउनुभयो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस