शनिबार, मंसिर ८, २०८१
  • होमपेज
  • समाचार
  • दुई सातामै योगेशलाई एमालेको प्रवक्ताबाट हटाईयो
समाचार

दुई सातामै योगेशलाई एमालेको प्रवक्ताबाट हटाईयो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता योगेश भट्टराईलाई प्रवक्ताबाट हटाएका छन् । माधव नेपालको साथ छाडेर अन्तिम समयमा एमालेमै बसेका योगेशलाई पार्टी प्रवक्ताबाट हटाइएको हो ।

एमालेमा समाहित भएलगत्तै २०७५ जेस्ठ २ गतेकै सम्रचनामा पार्टी फर्किएको भन्दै योगेशलाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो । त्यसैअनुसार मध्यमार्गी नेताहरूले एमालेमै बस्ने निर्णय गरेपछिको पत्रकार सम्मेलनमा उनलाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो ।

विज्ञापन

तर दुई साता पनि नबित्दै योगेशको प्रवक्ता पद खोसिएको छ । बिहिबार एमालेले दार्चुला तुईन प्रकरणबारे निकालेको विज्ञप्तिमा भने प्रवक्ता परिवर्तन गरिएको छ ।

विज्ञापन

उक्त विज्ञप्तिमा प्रदीप ज्ञवाली प्रवक्ता भएको जनाइएको छ । दार्चुला प्रकरणमा एमाले पार्टीकै लेटरप्याडमा निकालिएको विज्ञप्तिमा प्रदीप ज्ञवालीको नाम प्रवक्ताको रूपमा उल्लेख गरिएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस