Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार ३१, २०८१
  • होमपेज
  • समाचार
  • चितवनको भरतपुर अस्पतालमा अख्तियारको छापा
समाचार

चितवनको भरतपुर अस्पतालमा अख्तियारको छापा

चितवन ।  भरतपुर अस्पतालको लेखा शाखामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले छापा मारेको छ ।
बिमा र फार्मेसीको औषधि खरिदमा अनियमितता भएको भन्ने उजुरीका आधारमा अख्तियारले छापा मारेको हो ।

अख्तियार हेटौंडाका सुचना अधिकारी बिष्णु सापकोटाको नेतृत्वमा ५ जनाको टोलीले छापा मारेको हो । औषधि खरिद गर्न एउटा कम्पनीलाई ठेक्का सम्झौता गरी अर्को संस्थाबाट औषधि खरिद गरेको भन्ने उजुरी परेको थियो ।

विज्ञापन

अख्तियारको टोलीले लेखामा छापा मारी कागजपत्र जफत गरेको छ भने स्टोरमा रहेको औषधिको स्टक र बिक्रीको विबरण हेरेको छ । बिमाको औषधि खरिद गर्दा चिकित्सकले ५ वटा औषधि लेखेर दिए पनि बिमाबाट जम्मा १ वटामात्र औषधि निःशुल्क पाउने र बाँकी बाहिरबाट किन्नुपर्ने समस्या छ ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस