शनिबार, फाल्गुन ८, २०८२
  • होमपेज
  • समाचार
  • रामबहादुर थापाले भने : अब राजनीतिबाट सन्यास लिन्छु !
समाचार

रामबहादुर थापाले भने : अब राजनीतिबाट सन्यास लिन्छु !

Renu Dahal

काठमाडौं। निवर्तमान गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले आफू राजनीतिबाट सन्यास लिने मुडमा पुगेको बताएका छन्। शनिबार नेकपा एमालेको स्थायी कमिटी बैठकमा यस्तो बताएका हुन्।

एक नेताका अनुसार बादलले भनेका छन्, ‘मलाई दिक्क लाग्न थालिसक्यो, राजनीतिबाट टाढा रहौं जस्तो, सन्यास लिउँ जस्तो लाग्न थालेको छ कमरेडहरु।’ ती नेता भन्छन्, ‘बादल कमरेड निराश देखिनुभएको छ ।’

विज्ञापन

सर्वोच्च अदालतको २०७७ फागुन २३ गतेको फैसलापछि नेकपा एमाले प्रवेश गरेका निवर्तमान गृहमन्त्री ‘बादल’ जेठ ६ गते बागमती प्रदेशमा राष्ट्रिय सभाको सदस्यका लागि भएको निर्वाचनमा बादल राष्ट्रियसभा सदस्यमा स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटासँग पराजित भएका हुन्।

विज्ञापन

जेठ ६ गते नै सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले सांसद नरहेका बादलसहित ७ जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको थियो।

जबराको एकल इजलासले संसद सदस्य नरहेका गृहमन्त्री बादल लगायत ७ जना मन्त्रीहरूलाई मन्त्रीको हैसियतमा कुनै पनि कामकारबाही नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेको हो। त्यसपछि बादल अधिकार बिहिन जस्तो भएका छन्। यसकारण पनि बादल निराश देखिएको हुन सक्ने ति नेताले बताए।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस