आइतवार, चैत्र ३०, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • टेस्ला एअर कण्डिसनर: गुणस्तरमा एक कदम अगाडि
विचार/ब्लग

टेस्ला एअर कण्डिसनर: गुणस्तरमा एक कदम अगाडि

-विनय पौडेल (ईन्जिनियर)

सन् २०१४ बाट एअर कन्डिसनर व्यवसाय सुरु गरेको भू-लक्ष्मी ग्रुपले आफ्नै ब्राण्ड बनाएर काम गर्नुपर्छ भन्ने सोचका साथ सन् २०१६ मा टेस्ला ब्राण्ड दर्ता गर्यो।अन्य ब्राण्डको सामान आयात गरेर विक्री वितरण गर्नुभन्दा आफ्नै ब्राण्ड बनाएर नेपालको बजार अनुकुल उत्पादन पनि ल्याउन पाइने र आफ्ना उत्पादनमा नेपालीपन पनि झल्काउन पाइने भएकाले टेस्ला ब्राण्ड दर्ता गरी कम्पनीले काम सुरु गरेको थियो।व्यवसाय सुरु भएको समय नेपालमा लोडसेडिङको ठुलो समस्या थियो।उपभोक्तालाई १६ घण्टासम्मको लोडसेडिङपछि विद्युत आउने समयमा आफ्नै घरायसी काम गर्न फुर्सद हुन्थिएन, यस्तो समयमा एसीको प्रचार गर्नु खासै फलदायी थिएन् । केही समयपछि लोडसेडिङ सधैका लागि अन्त्य भयो र इलेक्ट्रोनिक्स उत्पादनबारे बजारमा प्रचार गर्न केही सहज वातावरण बन्यो । टेस्लाले पनि आफ्ना उत्पादनबारे प्रचारप्रसार गर्दै गयो र छोटो समयमै ग्राहकमाझ परिचित भयो। फलस्वरूप टेस्लाले हालसम्म १० हजार बढी एसी विक्री गरी बजारमा राम्रो उपस्थिति देखाएको छ ।

विज्ञापन

स्थापनाकाल देखि एउटै उद्देश्य “आफ्ना ग्राहकलाई उच्च स्तरीय एसी दिने र विक्री पछिको सेवालाई चुस्त दुरुस्त राख्ने” लिएर टेस्लाले पहिचान स्थापित गरिरहेको छ। टेस्लाको एसीहरु समयानुकुल तरिकाले डिजाईन गरिएको छ।टेस्लाले नेपाली बजारमा पहिलो पटक भिटामिन सि फिल्टर भएको एसी भित्राएको थियो । यो सिरिज ग्राहकको अत्याधिक रोजाईमा पर्यो।यस बाहेक न्युन विद्युत खपत गर्ने, वातावरणमैत्री ग्याँसको प्रयोग, नेपालको भोल्टेज सुहाउँदो, कोठालाई तुरुन्तै चिसो वा तातो बनाउन सक्ने क्षमता, आवाज कम आउनेलगायतका विशेषतासहित टेस्लाले आफ्ना एसीहरु विगतदेखि नै उत्पादन गर्दै आएको छ। टेस्लाले आफ्ना उत्पादनमा नेपालीपन झल्काउन यहाँका साँकृतिक सम्पदाका तस्बिरहरु एसीको आवरणमा राख्ने गरेको छ। गुणस्तरमा सम्झौता नगरी एसीको मूल्यलाई प्रतिस्पर्धी बनाउँदै टेस्लाले आफ्ना उत्पादन बजारमा ल्याएको छ।

विज्ञापन

यसको निरन्तरता स्वरूप टेस्लाले हाल ४ नयाँ सिरिज बजारमा लिएर आएको छ। टेस्लाले उच्च गुणस्तरको प्रतिबिम्बको रुपमा एभरेष्ट सिरिज, टि फ्रेस सिरिज, माई सिरिज र एक्स मोडल हुन्। कम्पनीले सबै सिरिजको कम्प्रेस्सरमा १० वर्षको रेप्लेसमेन्ट ग्यारेण्टी दिएको छ। यस बाहेक अरु पाटपुर्जामा १ वर्षको वारेण्टी र एसी खरिदको मितिबाट १ वर्षसम्म नि˸शुल्क सर्भिसिङको सेवा पनि दिने गरेको छ।अहिले उपलब्ध सबै सिरिजहरु पियोर स्मार्ट ईन्भटर टेक्नोलोजीका साथ डिजाईन गरिएको छ। जसले न्युन विद्युत खपत गर्ने उच्चतम क्षमता राख्छ। टेस्लाले वातावरणमैत्री ग्याँस आर 32 को प्रयोग गरी आफ्ना उत्पादन लिएर आएको छ ।उच्च गुणस्तरलाई ध्यानमा राख्दै शतप्रतिशत तामाको प्रयोग गरेको छ। यस बाहेक एसीलाई स्मार्ट बनाउन वाई-फाई बाट कनेक्ट गर्ने, भ्वाईस कमाण्डबाट पनि एसी चलाउन सकिने विषेशता नयाँ सिरिजमा उपलब्ध छ। गर्मी समयमा एसी चलाउँदा सिधा चिसो हावाले असहज महशुस हुन नदिन हामीले हाम्रो सबै सिरिजमा जेन्टल कुल विण्ड फिचर राखेका छौं । टेस्ला एसीको भित्रि लुभरमा साना साना प्वालहरु छन् जसले हावा छरिएर आउँछ र उपभोक्तालाई सहज महशुश गराउँछ । यी र यस्ता अनेक विशेषताले भरिपूर्ण एसी अहिले टेस्लाले आफ्ना ग्राहकका लागि लिएर आएको छ।

अहिले आएको सिरिजमध्यको T-Fresh सिरिज अझ विशेष रहेको छ।सामान्यतया एसीले भित्रको हावालाई नै हिटिंग वा कुलिङ गर्ने हो तर यो T-Fresh सिरिजको एसीले बाहिरको हावालाई भित्र ल्याएर तेस्लाई धुलो धुवारहित शुद्ध बनाएर हिटिङ कुलिङ वा बिना हिटिङ कुलिङ पनि भित्र फाल्न सक्छ। भनेपछि यो एसीले एउटा air purifier र fresh air fan को पनि काम गर्छ।यसरी विविध फिचरले भरिपूर्ण यो एसीले आफ्नो कोठाको हावाको गुणस्तर समेत थाहा पाउन सक्छ।मानिसलाई तापक्रमको आनन्द मात्र नभई फ्रेस हावाको पनि आवश्यकता पर्छ भन्ने कुरालाई बुझाउन टेस्लाले यो एसी नेपाली बजारमा भित्राएको थियो।

यसरी टेस्लाले हरेक पटक आफ्ना उत्पादन ल्याउँदा अहिलेको बजार प्रविधि अनुसार अनुसन्धान र विकास गर्दै अगाडि बढेको छ ।कसरी आफ्ना ग्राहकलाई सर्वसुलभ मुल्यमा उच्च गुणस्तरको उत्पादन दिन सकिन्छ भन्ने विषयलाई गम्भिर रुपमा लिएर कम्पनी विगतमा पनि काम गरेको थियो र भविष्यमा पनि सोही अनुरुप काम गर्दै जानेछ।विक्री पछिको सेवालाई अझ विशेष बनाउन आफ्नै उच्च प्रविधिले भरिएको सर्भिसिङ सेन्टर छिटै नै स्थापना गर्दैछ। हरेक मौसमको लागि उत्कृष्ट रोजाईमा पर्न टेस्लाले कुनै पनि सम्भौता गर्दैन।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस