On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

सोमवार, बैशाख १७, २०८१
जोडिनुहो��
  • होमपेज
  • विचार/ब्लग
  • तपाईंलाई आफ्नो जीवन कस्तो लाग्छ !
विचार/ब्लग

तपाईंलाई आफ्नो जीवन कस्तो लाग्छ !

प्रेम रावत

तपाईंलाई आफ्नो जिन्दगी कस्तो लाग्छ ? अरूको होइन । यो अहिलेको विषय नभएर परापूर्वकालदेखि चल्दै आएको कुरा हो । कुनै नायिकाले नयाँ कपडा लगाइन् भने सबैलाई त्यस्तै चाहिन्छ । हजामले आफ्नो पसलमा फरक–फरक तरिकाले दाह्री मिलाउने, कपाल मिलाउने नमुना राख्छन् किनभने आजकल त दाह्रीको पनि फेसन भएको छ । घरमा चार–चारओटा दाह्री काट्ने मेसिन भए पनि दाह्री पाल्ने फेसन चलेको छ । कसैले दाह्री पालेको देखेपछि सबैले त्यही कुराको सिको गरे । तर मेरो प्रश्न के हो भने “तपाईंलाई आफ्नो जिन्दगी कस्तो लाग्छ ?” तपाईं त ‘कहिले राम्रो लाग्छ, कहिले खराबजस्तो पनि लाग्छ । कहिले ठिकठाक भइदिन्छ, कहिले तालमेल नमिलेजस्तो भइदिन्छ’ भनेर सोचिरहनुभएको हुन सक्छ ।

विज्ञापन

म तपाईंलाई तपाईंसँग भेटाइदिन सक्छु । त्यसपछि तपाईंले जिउन पाउनुभएको अवसरका बारेमा बुझ्नुहुनेछ । अरू कुराको अवसरको विषय होइन, केवल जिउन पाउनुभएको मौकाको कुरा हो । तपाईं जीवित रहेसम्म कुन कुरालाई सार्थक तुल्याउन सक्नुहुन्छ ? यदि तपाईंले आफ्नो जीवनमा शान्तिलाई अपनाउनुभयो भने तपाईंको जीवन हराभरा हुनेछ । तपाईंले यो सम्भावनालाई स्वीकार गर्नुपर्छ । ‘मलाई यो जीवन प्राप्त भएको छ र म यो मौकालाई अपनाउन चाहन्छु । म जीवनमा हलचल नहुने सुखलाई प्राप्त गर्न चाहन्छु ।’ यसको अर्थ म यो जीवनलाई यो संसारबाट अलग्याउँछु भन्ने होइन र मेरो जीवनमा समस्याहरू आउँदैनन् भन्ने पनि होइन । समस्याहरू त आउँछन् नै तर मेरो डोरो कहाँ बाँधिएको छ भन्ने कुरा हो ।

विज्ञापन

केही मानिसहरूको बुझाइमा चङ्गाका लागि धागो चाहिन्छ भन्ने हुन्छ । मसँग तपाईंका लागि एउटा खबर छ । चङ्गामा धागो बाँधिएको छ र धागोलाई छोडिदिनुभयो भने पनि चङ्गामा धागो बाँधिइरहनेछ । तर, के त्यो चङ्गा उडिरहन्छ त ? यो कुरा धागोको होइन तर धागो कसको हातमा छ ? अर्को एउटा समाचार पनि छ । मानिसहरूले त ‘कसैले मेरो धागोलाई पक्रिऊन् अनि मैले मेरो जिम्मेवारीबाट मुक्ति पाउँछु’ भनेर बुझेका छन् । जिम्मेवारीबाट सबैलाई डर लाग्छ । कसैले पनि जिम्मेवारीलाई अपनाउन चाहँदैनन् । मेरो भनाइ त के हो भने तपाईंको चङ्गा पनि तपाईं नै हुनुहुन्छ, धागो पनि तपाईं नै हुनुहुन्छ अनि धागोलाई समात्नेवाला पनि तपाईं नै हुनुहुन्छ ।

खुशीको कुरा त तपाईं जुन समस्याबाट उम्कन खोज्दै हुनुहुन्छ त्यो समस्यालाई सृष्टिकर्ताले बनाएका होइनन् । त्यो सबै मानिसले बनाएको समस्या हो । यो खुशीको खबर हो ! किन ? यदि सृष्टिकर्ताले बनाएका भए यसलाई बदल्न एकदमै गाह्रो हुन्थ्यो । मानिसले बनाएको हुनाले ती समस्यालाई समाधान गर्न सम्भव हुन्छ ।

सफलताको सिँढीमा तीनओटा कुराहरू हुन्छन् । एउटा बाँस एकातिर, अर्को बाँस अर्कोतिर अनि बिचमा भर्‍याङको खुड्किलो । आज दुनियाँको हालत त कस्तो छ भने त्यो बिचको भाग नै गायब भएको छ ! सुरुमा भर्‍याङमामाथि उक्लने मान्छेले नै बिचको भागलाई आफूसँगै लिएर गएको छ । अनि, दुईओटा बाँस मात्र बाँकी छ । एउटा बायाँतिर र अर्को दायाँतिर छ । अब त्यसमा कसरी चढ्ने भन्ने कुरा नै मूल समस्या हो । यसमा पनि खुशीको खबरचाहिँ के हो भने त्यो भर्‍याङलाई दोहोर्‍याएर बनाउन सकिन्छ । तर, यसका लागि म मात्रै होइन हामी सबै पृथ्वीबासीहरू एकसाथ जुटेपछि मात्रै हामीले त्यो नयाँ सिँढीको निर्माण गर्न सक्छौँ । त्यो सिँढी नै साँचो सफलताको सिँढी हुनेछ र यो सम्भव छ ।

दोस्रो खुशीको खबर पनि छ । ती शान्तिका स्रोतका रूपमा रहेका अलख पुरुष अविनाशी, ती सृष्टिकर्ता कहाँ छन् ? यदि तपाईं गरिब हुनुहुन्छ । तपाईंसँग पैसा नहोला । रेलमा यात्रा गर्नका लागि पैसा नहोला । हवाईजहाजका लागि पैसा नहोला, साइकल किन्ने पैसा नहोला तर पनि खुशीको खबर के हो भने तपाईंले कतै पनि जानु आवश्यक पर्दैन । ती सृष्टिकर्ता तपाईंको हृदयभित्र छन् । स्वयम् नै तपाईंभित्र विराजमान छन् । तपाईं पुगेका स्थानमा उनी पनि तपाईंसँगै जान्छन् । तपाईं उनीबाट विमुख हुनै सक्नुहुन्न । यदि तपाईं उनीबाट विमुख हुनुभयो भने तपाईं यो जीवनरूपी रेलगाडीमा रहनुहुनेछैन ।
कुनै पनि कार्य गर्नुभन्दा पहिला मानिसले कहिल्यै सोच्दैन । कहिल्यै विचारै गर्दैन । प्रविधिका पछि लागिरहन्छ । किन लाग्छ ? किनभने उसको बुझाइअनुसार उसको समस्याको हल भएमा उसको जीवनमा सुधार आउनेछ । प्रविधिको विज्ञापन गर्नेहरूको चाहना पनि यस्तै हुन्छ । यदि यो चीज तपाईंका सामुमा आएदेखि तपाईंका समस्याहरूको समाधान हुनेछ भन्ने हुन्छ । कति मानिसहरू त सेल्फी लिँदालिँदै मृत्युवरण गर्न पुगेका होलान् । उनीहरूलाई सेल्फी लिनु छ । किन लिनु छ ? किनभने, उसले आफ्ना साथीहरूलाई आफू कति सुन्दर छु भनेर देखाउनुपरेको छ ।

यदि तपाईंले आफूले आफूलाई चिन्नुभयो भने तपाईं कति सुन्दर हुनुहुन्छ भन्ने कुरा थाहा हुन्छ । तपाईंले सेल्फी लिने आवश्यकतै पर्दैन । यो श्वासको आवागमन नै ती सृष्टिकर्ताले तपाईंका लागि गरेको कृपा हो भन्ने कुरालाई बुझ्नुहोस् । तपाईंले यही एउटा चीजलाई जान्नु आवश्यक छ ।

समस्या समाधानका बारेमा कुरा गर्दा हरेक समस्याको हल हुन सक्ला नै । समस्या समाधानको अर्को एउटा सन्दर्भ पनि छ । धैर्य ! धैर्य गर्नुहोस् ! समस्याहरू आउँछन् । यदि आउँछन् भने पक्कै जानेछन् पनि । यदि आउँदै आएको छैन भने त फेरि जाँदैन नै । सबैभन्दा महत्त्वपूर्ण कुरा त तपाईंले त्यस चीजलाई बुझेर आफ्नो जीवनलाई सफल पार्न सक्नुहुन्छ । किनभने, तपाईंसँग यो जीवन छ । यो तपाईंको कमजोरी होइन । अहिले त तपाईंले यसलाई कमजोरीका रूपमा बुझ्नुहुन्छ । यो गलत कुरा हो । यो तपाईंको कमजोरी होइन, यही चीज तपाईंको शक्ति हो ! तपाईंमा यो श्वासको आवागमन भइरहनु नै तपाईंको वास्तविक शक्ति हो । अतः सबै एक समान छौँ । हामी सबै मानिस नै हौँ ! हामीभित्र यो श्वासको आवागमन भएसम्म हामीमाथि सृष्टिकर्ताको कृपा भएको छ । यसर्थ उठ्नुहोस् अनि यो जिन्दगीलाई स्वीकार गर्नुहोस् !

(यो लेख प्रेम रावतको सम्बोधनलाई सम्पादन गरी साभार गरिएको हो । उहाँ मानवता र शान्तिका विषयमा चर्चा गर्ने अन्तर्राष्ट्रिय वक्ता तथा विश्व प्रशिद्ध पुस्तक “आफैँलाई सुन्नुहोस्” (Hear Yourself) का लेखक हुनुहुन्छ । उहाँको सन्देशका बारेमा थप जानकारीका लागिः www.premrawat.com )

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस