आइतवार, अशोज २७, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • जीवनका लागि अध्यात्म
विचार/ब्लग

जीवनका लागि अध्यात्म

–डा. धनपति कोइराला

अध्यात्म भन्नासाथ स्वतः आत्मा र परमात्माको सन्दर्भ उठ्छ । आत्मामाथि गरिने चिन्तन मनन भन्नु नै अध्यात्म हो । आत्मा र परमात्माका गुण एवम् तिनको पारस्परिक सम्बन्धबारे गरिने चिन्तन, आत्मज्ञान, त¤वमीमांसा वा त¤वज्ञान भन्नु पनि अध्यात्म हो । ‘म’ अर्थात् आपूmलाई चिन्नु र त्यसका वृत्ति र अभिवृत्तिहरु चिन्नु नै अध्यात्म हो । ‘म’ लाई चिनेर परमार्थका निम्ति सदैव सत्कर्म गर्नु र जीवनलाई धन्य बनाउने मार्गतिर अभिमुख भइरहनु पनि अध्यात्मको अभिलक्षण हो ।

विज्ञापन

त्यसो त, पूर्वीय परम्परामा यसबारे गहन चिन्तन मनन गरिएको छ । जसलाई हामी षड्दर्शनका नाउँले पनि चिन्छौँ । साङ्ख्य, न्याय, वैशेषिक, योग, मीमांसा र वेदान्त नै हुन् षड्दर्शन । यिनले ईश्वरमाथि आस्था र विश्वास राख्छन् । त्यसैले यी आस्तिक दर्शन हुन् । अध्यात्मको छेउटुप्पो दुवै फेला पर्ला तर जीवन जगत् नश्वर हुँदाहुँदै पनि यसलाई कसले सक्यो र बुभ्mन ? र, अब पनि के बुभ्mन सकिएला र झन् ? तर पनि जीवन छाम्ने र थाम्ने प्रयत्न जारी छ । मान्छेलाई हाँस्न र बाँच्न सिकाउने भनेकै अध्यात्म हो । यो संसारभरि व्याप्त छ । यसका नाउँ र उपाधि अलग–अलग देखिन्छन् तर अध्यात्मचाहिँ हुन्छ एउटै र अभैm थपिँदै थपिँदै जानसक्छन् नाउँहरुचाहिँ । पानी भरिएको लोहोटामा देखिने, गाग्रीमा देखिने, ताउलामा देखिने तलाउहरुमा देखिने आकाश एउटै भए पनि वस्तुका आकारहरुका कारण फरक देखिएजस्तै वा भनौँ भित्तामा राखिएको ऐना एउटै र एकै किसिमको भए पनि मान्छेको रुप र रङअनुसार ऐनामा भिन्नाभिन्नै रुपरङ देखिएजस्तै हो नाउँ र उपाधिभेदहरु पनि । हिन्दु, बौद्ध, इसाई, इस्लाम, ओंकार आदि ।

विज्ञापन

यद्यपि, अध्यात्मका मूलभूत सारसमेत ग्रहण नगरेकाहरुले अध्यात्मलाई बदनाम गरिरहेका छन् । आधा गाग्री छचल्किएझैँ हुन्छन् उनीहरु र उपद्रव मच्चाउन क्रियाशील हुन्छन् सदैव । यस्तो हरेक नाउँ भएका अध्यात्मभित्र हुन्छन् । जडसूत्रवादीहरु अथवा भनौँ अतिवादीहरु जो आफू इतरलाई भिन्न देख्छन्, राक्षस, शैतान, विधर्मी आदि इत्यादि ठान्छन् । सम्प्रदाय, गुरूद्वारा, पन्थ र वर्गहरुमा श्रेणीकृत चिन्तन र अभ्यासहरु सङ्कीर्ण बनेका छन् । तिनलाई नै अध्यात्म मान्नुचाहिँ किमार्थ उपयुक्त होइन । पूर्वमा वैदिक कालखण्ड हरेक दृष्टिले मानिन्छ उन्नत । अध्यात्मसँगै भौतिक ज्ञान र यसको उपलब्धिमा पनि यो खण्ड अब्बल रहेको तथ्यमा अहिलेका वैज्ञानिकहरु पनि एकमत देखिँदै छन् । मात्र कुन चश्माले कसरी हेर्ने भन्ने हुन सक्छ ।

जे होस्, पूर्वमा स्थापित षड्दर्शनमध्ये साङ्ख्य दर्शनअनुसार ब्रह्माण्ड सञ्चालन पुरूष र प्रकृतिले गर्दछन् । पुरूषलाई ईश्वरीय त¤व, चेतन र आत्माका रुपमा र प्रकृतिलाई भौतिक त¤व, अचेतन र जड त¤वका रुपमा लिइन्छ । पुरूष अविनाशी, द्रष्टा, अकर्ता, अपरिणामी हुन्छ । सत्व, रज, तमोगुण, शरीर, इन्द्रिय, मन, बुद्धि आदि प्रकृतिका कारण परिणामी हुन्छन् । यी दुवैको संयोगबाट ज्ञानको उत्पत्ति हुन्छ । ज्ञानप्राप्तिका लागि २५ त¤व क्रियाशील हुन्छन् । अर्थात्, मनसहित पाँच ज्ञानेन्द्रिय र पाँच कर्मेन्द्रियहरु सक्रिय हुनुपर्दछ । साथै पञ्चतन्त्र र पञ्चमहाभूतका बीच आवश्यक तालमेल मिल्नुपर्छ । यी त¤वहरुले अहङ्कारलाई नियन्त्रण गरी बुद्धि प्राप्त गर्न र सत्कार्यतर्पm अभिप्रेरित हुन मद्दत गर्दछन् । ज्ञानको प्राप्ति भनेकै मोक्ष प्राप्ति हो । ब्रह्माण्ड सृष्टिको खेल प्रकृतिबाट आरम्भ भई पञ्चमहाभूतमा अन्त्य हुन्छ । यसमा पुरूष (आत्मा) द्रष्टामात्र हुने गर्दछ ।

योगदर्शनअनुसार वासनारहित पुरूष नै ईश्वर हो । ईश्वरको वाचक शब्द ‘ऊँ’ हो र ऊँकार प्राप्त गर्नु नै ईश्वरमा लीन हुनु हो । मानिसका मनमा हुने क्षिप्त, सुप्त, विक्षिप्त, एकाग्र र निरूद्ध अवस्थाहरुलाई पूर्णरुपमा नियन्त्रणमा राखी एकाग्र चित्तको अवस्थामा पुग्नु नै ज्ञानको प्राप्ति हुनु हो । ज्ञानको यो अवस्था योगका यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधिका अनुष्ठानबाट अविद्या नाश भएपछि प्राप्त हुन्छ । अष्टसिद्धि प्राप्त योगीहरुमा ज्ञेयशून्य, हेयशून्य, प्राप्यशून्य, चिकीर्षाशून्य, प्रज्ञा, लक्ष्य र अमल ज्ञानको प्राप्ति हुन्छ । यही ज्ञान ईश्वरत्व प्राप्तिमा सहायक बन्दछ । न्याय दर्शनअनुसार आत्माका ज्ञान, इच्छा, द्वेष, प्रयत्न, सुख र दुःखजस्ता गुणहरुमध्ये ज्ञान सर्वश्रेष्ठ मानिन्छ । आत्मा र ज्ञानका सम्बन्धबाट मानिसले मोक्ष प्राप्त गर्दछ । यस दर्शनले ज्ञानप्राप्तिमा प्रत्यक्ष, अनुमान, उपमान र शाब्द ज्ञानले भूमिका खेल्दछ र यीमध्ये प्रत्यक्षबाट प्राप्त ज्ञानलाई सर्वश्रेष्ठ ठान्दछ । प्रमाणका आधारमा प्रमिति प्राप्त गर्नु नै यथार्थ ज्ञान प्राप्त गर्नु हो । यस्तो ज्ञानले जीवात्माले भोग्नुपर्ने २१ प्रकारका दुःखहरु पार गरी आप्mना गुणहरु प्रमाणित गर्दै निराकार परमेश्वर परमात्मामा लीन गराउँछ । यस्तो ज्ञान नित्य, अमर, अविनाशी र सर्वशक्तिमान् किसिमको हुन्छ ।

वैशेषिक दर्शनअनुसार सात पदार्थ, ९ द्रव्य र द्रव्यका पनि २४ गुण हुन्छन् । पदार्थका गमन, आकर्षण, विकर्षण, खुम्चिने फैलिनेजस्ता कर्म वा गतिहरुका कारण नयाँ पदार्थ वा नयाँ ज्ञानको विस्तार हुन्छ । हरेक पदार्थ (परमाणु) मा रहेका विशेषताका कारण नै त्यसमा रहेका पदार्थको ज्ञानबारे थाहा पाउन सकिन्छ र पदार्थको विशेषताचाहिँ ब्रह्ममानका आधारमा निर्धारित हुने गर्दछ । मीमांसा दर्शनअनुसार वेद उपनिषद्हरु ईश्वरका वाणी भएकाले यी आधिकारिक, प्रत्यक्ष प्रमाण, यथार्थ र सत्य ज्ञान हुन् । यसलाई प्राप्त गर्न वेदमा लेखिएको विधि र पद्धति अवलम्बन गर्नुपर्ने तथा नित्य, नैमित्तिक, काम्य कर्म गर्नुपर्ने तर प्रतिषिद्ध कर्मचाहिँ गर्नु नहुने, यज्ञ–यज्ञादि गर्नुपर्ने तथा ईश्वर प्राप्ति र मोक्ष प्राप्तिका निम्ति क्रियाशील हुनुपर्ने मान्यता राख्दछ । वेदान्त दर्शनअनुसार ज्ञान ब्रह्मसूत्र अर्थात् उपनिषद्हरुबाट प्राप्त हुन्छ । उपनिषद्हरुको सिङ्गो रुपबाट प्राप्त ज्ञान नैपरब्रह्म हो र यो सर्वशक्तिमान् हुन्छ । यो स्रष्टा, भर्ता र संहर्ताको समष्टिगत स्वरुप पनि हो । यस्ता परब्रह्मको ज्ञान, अन्तज्र्ञान वा स्वयं प्रकाशबाट मात्र हुन्छ । यस्तो ज्ञान प्राप्तिका लागि ईश्वरीय कृपा आवश्यक हुने हुँदा हरेक मनुष्यले ईश्वरको भक्तिका माध्यमबाट ज्ञान प्राप्त गरी मोक्ष हासिल गर्नुपर्छ । यस प्रकार षड्दर्शनले आत्माबारे गहन चर्चा–परिचर्चा गर्दै आत्मा र परमात्माको अस्तित्व स्वीकार गरेको छ । यसैले षड्दर्शनलाई आस्तिकवादी दर्शन भनिएको हो ।

आत्मासम्बन्धी लेखिएका समस्त वाङ्मय र परिचर्चाको समष्टि स्वरुप नै हो अध्यात्म । अध्यात्म केका लागि भन्ने प्रश्नको सटीक उत्तर हो : जीवन र जगत्का लागि । हुन त, जीवन भन्नासाथ प्राणीको जीवित अवस्था, जिउँदोपन र प्राणीको जन्मदेखि मृत्युसम्मको समय बुझ्छौँ र जगत् भन्नासाथ गतिशील संसार, विश्व, ब्रह्माण्ड, लोक दुनियाँ, मान्छेको समाज वा समुदाय आदि इत्यादि बुझ्छौँ । अध्यात्म चिन्तन मनन र यसको उपयोग पनि लोक दुनियाँले नै गर्छ । मान्छे अर्थात् मानिसहरुको समष्टिका लागि पनि अध्यात्म अपरिहार्य हुन्छ । साहित्य केका लागि भन्ने सवालमा त काव्याचार्यहरुले धर्म, अर्थ, कामसहित अन्त्यमा मोक्ष प्राप्तिका लागि हो भनेका छन् । अझ दर्शनकै सवालमा त अध्यात्म सिङ्गो जीवन जगत्लाई अर्थात् लोक दुनियाँलाई जन्म र मृत्युका चक्रबाट मुक्ति दिनका निम्ति भन्ने सहजै उत्तर आउँछ । आद्य शंकराचार्यका अनुसार पनि जीवात्मा मोक्ष प्राप्त नगर्दासम्म ‘पुनरपि जन्मं पुनरपि मरणं पुनरपि जननी जठरे शयनम्’ अर्थात् भवचक्रमा फँसिरहन्छ । जबसम्म उसलाई पराविद्या वा ब्रह्मज्ञानको उदय हुन्न, उसको मोक्ष सम्भव छैन । उही जन्म–मृत्युको चक्र यथावत् चलिरहन्छ । यस्तो मोक्ष सामान्य जीवनमा समेत घटिरहेकै हुन्छ । अभाव, अप्राप्ति, असफलताहरुबाट निराश र दुःखी नहुने चैतन्यदेखि अरुका उन्नति र समृद्धिमा गरिने ईष्र्याहरुबाट पनि जोगिने, अरुबाट हुने घृणा, आलोचना र प्रशंसाबाट हेयशून्य, सुन्दरता, शक्ति, पद, प्रतिष्ठा आदि लोभहरुबाट चिकीर्षाशून्य रहनु पनि त हो मोक्ष ।

त्यस्ता निराशा र ईर्ष्याजन्य चैतन्यबाट निस्पृह रहनु जसले चित्तमा रहेका पञ्चविकारहरुबाट मनलाई निर्मल तुल्याउँछ र जीवन छँदै मान्छेलाई मान्छे बनाउँछ । हो, यही मान्छेलाई मान्छे बनाउनका लागि हो अध्यात्म । सांसारिक जीवनका पनि हुन्छन् अनन्त लक्ष्यहरु । साहित्यले उल्लेख गरेझैँ अरुका स्वार्थहरुको उच्चतम रक्षा गर्दै र आप्mना विभिन्न हैसियतका कर्तव्य पूरा गर्दै राज्यका नीति नियमहरुको पनि परिपालना पूरा गरी अर्थोपार्जन गर्नुपर्छ । धर्मपूर्वक आर्जन गरिएको धनबाट देवयाग र पितृयागका साथ गृहस्थी धर्म परिपालना गर्नु पनि जीवन हुनुको हो अर्को लक्ष्य । संसारलाई गतिशील तुल्याउने, सन्तति पैदा गर्ने र तिनलाई पालनपोषण गर्ने, शिक्षादीक्षा दिलाउने, मातापिता र गुरूजनको सेवा गर्ने आदि इत्यादि । यससँगसँगै निष्काम भावले समाजका भलाइका लागि, सभ्यता र संस्कृतिको संरक्षण र संवद्र्धनका लागि जुट्ने, भौतिक निर्माण र विकासमा राज्यलाई सघाउने आदि धेरै छन् जीवनका लक्ष्यहरु । यस मार्गतिर निस्वार्थ भावले काम गर्न अभिप्रेरित गर्छ अध्यात्म ।

अध्यात्मले ईश्वरको सर्वव्यापकता र सर्वत्र उपस्थिति हुने धारणालाई सर्वोपरि ठान्छ र विश्वास गर्न सिकाउँछ । सर्वम् ईश्वरमयं जगत्, अर्थात् मानिसका र कानुनका आँखा छले पनि ईश्वर सर्वव्यापी रहेकाले उनका आँखा छल्न सक्दिन भन्ने ज्ञानबोध गराउँछ र हत्या, हिंसा, बलात्कार, चोरी, कालोबजारी, भ्रष्टाचार र दुराचारजस्ता आपराधिक कर्म गर्नबाट जोगाउँछ । सापटी लिएको रकम बेलैमा तिर्न र राजस्व छली आदि इत्यादि दुष्कर्म गर्नबाट पनि यसले जोगाउँछ ।

स्वर्गको आश र नर्कको त्रास देखाएर मानिसलाई सत्कर्म गर्न प्रेरित गर्न पनि आवश्यक छ अध्यात्म । अझ खुलेर भन्नुपर्दा अध्यात्मले मान्छेलाई जन्मजातरुपमा लाग्ने देवऋण, पितृऋण र ऋषिऋणहरुबाट जोगाउँछ । पूर्वजन्म र यस जन्ममा पनि नास्तिक रहेकाहरुको संगतमा परेकाहरुमा आस्तिक्यभाव नहुनाले चिकीर्षाशून्य हुन्नन् । फलतः उनीहरु अभाव, असफलता र अपमानहरुमा पनि हुन्छन् तड्पिरहेका । त्यस्ता मान्छेहरु आध्यात्मको सम्पर्कमा आउँदा तनावरहित हुन पुग्छ । यसले कर्म र भाग्य दुवैमा आस्थावान् तुल्याउँदै मान्छेलाई अझ सन्तुलित राखेर मनोरोगी हुनबाट बचाउँछ । त्यसो त शारीरिक, मानसिक तथा आध्यात्मिकजस्ता सबै खाले तनाव शमन गर्नमा पनि योगदर्शनले अभूतपूर्व कार्य गरिरहेकै हुन्छ । पूर्वज र आप्तहरुले हासिल गरेका ज्ञान, सीप र व्यवहारलाई सदैव सम्मान गर्दै त्यसलाई अरुमा पनि बाँड्न यसले मह¤वपूर्ण भूमिका खेल्दछ । विकृत पक्षहरुलाई सुधार्ने र सकारात्मकतालाई अँगाल्ने कार्यमा अध्यात्म छ निकै अगाडि । अध्यात्मको सबल पक्ष भनेकै चरित्र निर्माण हो । सदाचारी, मातृपितृ र गुरूभक्त, राष्ट्र र राष्ट्रियता भनेपछि हुरूक्कै हुने स्वावलम्बी, अरुका भावना र गुणको कदर गर्ने सद्गुणी व्यक्तित्व निर्माण गर्नमा जोड दिन्छ । अरुका संस्कार र संस्कृतिलाई उच्च सम्मान गर्ने र सम्यक वाक् हुने तुल्याउनु अध्यात्मको मुख्य वैशिष्ट्य हो । हरेक व्यक्तिको व्यक्तित्व निर्माण र विकासमा पनि यसको छुट्टै भूमिका रहन्छ ।

व्यक्तिका शारीरिक, मानसिक तथा बौद्धिक क्षमता र रूचिअनुरुप नै ज्ञान र सीप प्रदान गर्न सक्नेमा विश्वास राख्छ । उसलाई कर्मण्यबाट अकर्मण्यतिर जानबाट रोक्छ र सदैव अन्धकारबाट उज्यालोतिर, मृत्युबाट जीवनतिर र असत्य र कुलतको मार्गमा हिँडिरहेकालाई सत्यको मार्गतिर डो¥याउनमा भूमिका खेल्छ । कुमार्गगामी रावण, कंश, धुन्धुकारीहरुलाई समेत सुमार्गतिर लम्कन प्रेरित गर्दछ । अध्यात्मले कर्तव्यलाई धर्मको पर्याय मान्दछ । पुत्र हुनुको, छात्र हुनुको, भाइ, दाइ, मामा, काका, समाजको सदस्य, देशको नागरिक, मानव आदि इत्यादि हुनुको दायित्व पूरा गर्न प्रेरित गर्छ यसले र समुदायलाई सहानुभूतिशील, उदार, स्नेहशील, सत्य, न्याय, समानतामुखी सभ्य समाज निर्माणमा सरिक हुन र हरेक मानिसलाई बन्धुका रुपमा हेर्न प्रेरित गर्छ ।

राष्ट्रिय संस्कृतिलाई असाध्यै माया गर्छ । चाहे त्यो लोक सुस्केरा होस्, चाहे गीत–सङ्गीत होस्, चाहे त्यो पोशाक होस्, चाहे जन्म–मृत्यु आदि संस्कारहरु नै किन नहून्, सबै–सबैको संरक्षण र संवद्र्धनलाई उच्च मह¤व दिन्छ । एकले अर्काको संस्कृति र संस्कारहरुमाथि सम्मानभाव राख्छ । यसर्थ, जीवनका निम्ति अध्यात्म जति मूल्यवान् छ उति नै जगत्का लागि पनि छ । अन्न, फलफूल आदि दिने धर्तीलाई माया गर्न, देह र वन्यवनस्पतिलाई ताप दिने घामलाई पूजा गर्न, शरीरलाई स्वच्छ राख्न र जिउन जल दिने नदी र तलाउलाई संरक्षण गर्न, शब्द र छानो दिन आकाशीय (ओजोन) तहलाई आपूmलाई झैँ माया गर्न सिकाउँछ । र, प्राण दान दिने वायुलाई सम्मान र माया गर्न सिकाउँछ । यहाँसम्म कि हरेक थुम्को र चुलीहरुलाई देवीका रुपमा परिणत गरी तिनको जगेर्ना गर्ने, वन्यजन्तु र पक्षीहरुलाई पनि विभिन्न शक्तिका वाहनका रुपमा लिन्छ । बोट, बुट्यान र वनस्पतिहरुको संरक्षण गर्न तिनलाई देवताका रुपमा परिभाषित गर्छ । यसबाट सिङ्गो प्रकृति स्वस्थ हुँदा जीवन जगत् पनि स्वस्थ रहन्छ । यसर्थ पनि जीवन जगत्का निम्ति अध्यात्मको अपरिहार्यता स्वतः सिद्ध छ ।

>>[email protected]

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस