बुधबार, असार १६, २०८३
  • होमपेज
  • Breaking News
  • पेट्रोलमा प्रतिलिटर २० र डिजेलमा ३० रुपैयाँ मूल्य घट्यो
Breaking News

पेट्रोलमा प्रतिलिटर २० र डिजेलमा ३० रुपैयाँ मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कटौती गरेको छ।

निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाउने निर्णय गरेको हो। नयाँ मूल्यदर १७ गतेदेखि लागू हुनेछ।

विज्ञापन

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँले मूल्य घटाइएको छ। योसँगै काठमाडौं, पोखरा र दिपायल जस्ता तेस्रो वर्गका क्षेत्रहरूमा अब पेट्रोलको नयाँ खुद्रा बिक्री मूल्य प्रतिलिटर १७७ रुपैयाँ र डिजेलको मूल्य १५५ रुपैयाँ कायम भएको छ।

विज्ञापन

यसैगरी, उपभोक्ताको भान्छासँग जोडिएको खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटाइएको छ। अब उपभोक्ताले एक सिलिन्डर ग्यास २०६० रुपैयाँमा खरिद गर्न पाउनेछन्। हवाई इन्धन ९आन्तरिक० तर्फ पनि प्रतिलिटर ४० रुपैयाँले मूल्य घटाइएको छ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार