Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन ३, २०८१
  • होमपेज
  • पत्रपत्रिका
  • आज २०८१ साल असार २१ गते शुक्रवार, यस्तो छ तपाईको राशिफल
पत्रपत्रिका

आज २०८१ साल असार २१ गते शुक्रवार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । सामाजिक र धार्मिक कार्यबाट सन्तोष मिल्नेछ, तर बेसुरमा वचन दिने बानीले अप्ठ्यारो चैं हुन सक्छ ।

 

विज्ञापन

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मित्रहरूले सहयोग गर्नेछन् र तपाईंलाई खुसी राख्नेछन् । कूटनीतिक नियोगको सहयोग मिल्ला । व्यापार व्यवसायमा सफलता नै हुनेछ ।

विज्ञापन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज राजनीति अधिकारमा सफलता मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज अनावश्यक ठाउँमा धन खर्च होला । आफ्नो विचार विपरित निर्णय हुनेछ । कामहरू अधुरै रहलान् । वैदेशिक क्षेत्र कमजोर रहला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । वित्तिय संस्था बाट सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज मुद्दा मामिलामा सफलता पाइनेछ । जीवनसाथीसँग राम्रो आहार विहार रमाइलो समय बिताउनु हुनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कला र गलाको प्रभाव बढ्नेछ । अचल सम्पत्ति हात पर्ने योग छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) खानपिनमा सजगता अपनाउनु पर्नेछ । मनमा शङ्का उत्पन्न हुनेछ । अनावश्यक धन खर्च हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । आफन्तको सहयोग प्राप्त हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शुभ समाचार सुन्न पाइएला । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । शिक्षामा सफलता मिल्ला । धनमाल पनि हात लाग्न सक्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य क्षेत्रमा प्रगति हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । धार्मिक यात्राको योग पनि छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मनमा विना कामका चिन्ताले सताउनेछन् । नजिकका व्यक्तिहरू सँग झगडा पर्न सक्नेछ, साँझमा भने कतैबाट शुभ समाचार सुन्नमा आउनेछ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस