शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • फोर्ब्स कलेजले फ्रि ट्रेनिङ क्याम्प सञ्चालन गर्दै
समाचार

फोर्ब्स कलेजले फ्रि ट्रेनिङ क्याम्प सञ्चालन गर्दै

चितवन ।

भरतपुरमा रहेको फोर्ब्स कलेजले कक्षा १२ को परिक्षा दिएर बसेका विद्यार्थीहरुका लागि फ्रि ट्रेनिङ क्याम्प (निःशुल्क तालिम शिविर) सञ्चालन गर्ने भएको छ । स्नातक तहमा आईटी र होटल म्यानेजमेन्ट पढ्न रुची भएका विद्यार्थीहरुका लागि कलेजले निःशुल्क ट्रेनिङ क्याम्प सञ्चालन गर्न लागेको कलेजका प्राचार्य हरिशरण पाठकले जानकारी दिए ।

विज्ञापन

 

विज्ञापन

जेठ १३ गतेबाट सुरु हुने फ्रि ट्रेनिङ क्याम्पमा सहभागिता जनाउनका लागि विद्यार्थीहरुले कलेजले आफ्नो वेबसाइट र आधिकारीक पेजमा राखेको क्यूआर कोडलाई स्क्यान गरि अनलाईन मार्फत आवेदन दिन सक्नेछन् । प्राचार्य पाठकले आवेदन दिने ५० जना विद्यार्थीहरुका लागि जेठ १३ गतेदेखि असार १५ गतेसम्म एक महिनाको अवधिका लागि फ्रि ट्रेनिङ क्याम्प सञ्चालन हुने बताए ।

 

कलेजका अनुभवी र तालिम प्राप्त प्राध्यापकहरुले विद्यार्थीहरुलाई आइटी र होटल म्यानेजमेन्ट विषयका विविध पाटोका बारेमा अध्यापन गराउने छन् ।भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा अवस्थित फोर्ब्स कलेजले गतवर्ष आइएसओ ९००१ः२०१५ मान्यता प्राप्त गरेको थियो । विभिन्न डेढ दर्जन सूचकहरु पुरा गर्दै कलेजले आइएसओ मान्यता प्राप्त गर्न सफल भएको हो । युके इन्टरनेशल सर्टिफिकेशन लिमिटेडले फोर्ब्सलाई आइएसओ मान्यता प्रदान गरेको हो ।

विस २०७४ सालमा स्थापना भएको फोर्ब्स कलेजमा ब्याचलर अफ होटल म्याजेजमेन्ट र ब्याचलर अफ कम्प्युटर साईन्स (नेटवर्क टेक्नोलोजी एण्ड साइबर सेक्युरिटी)मा पढाई हुदै आएको छ । फोर्ब्स कलेज राजधानी बाहिर साइबर सेक्युरिटी पढाइहुने एकमात्र कलेज हो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस