शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • कम उमेरमा किन फूल्छ कपाल , जोगिने कसरी ?
समाचार

कम उमेरमा किन फूल्छ कपाल , जोगिने कसरी ?

एजेन्सी । अहिलेको समयमा कम उमेरमा नै मानिसहरुको कपाल फुल्ने अर्थात् सेतो कपाल आउने समस्या हुन्छ । यसको प्रमुख समस्या भनेको परिवर्तित जीवनशैली तथा स्याहारको कमीले नै हो ।

चाँडै कपाल फुल्नुका पछाडि केही बानी व्यवहारहरु पनि जिम्मेवार हुन्छन् । त्यसैले हामी आज त्यस्तै केही बानी व्यवहारहरुका बारेमा बताउनेछौं, जसलाई परिवर्तन गरेर तपाईं चाँडै कपाल फुल्ने समस्याबाट जोगिन सक्नुहुन्छ ।

विज्ञापन

हिजोआज अत्यधिक मानिस कपालमा तेल लगाउँदैनन् जसले गर्दा स्काल्पले पर्याप्त मात्रामा पोषण पाउँदैन । यसले गर्दा कपाल फुल्ने समस्या चाँडो हुन थाल्छ । त्यसैले समय(समयमा कपालमा तेल अवश्य लगाउनुहोस् ।

विज्ञापन

बजारमा विभिन्न प्रकारका प्रशोधित तथा रसायनयुक्त सौन्दर्य सामग्रीहरु, स्याम्पु आदि पाइन्छन् । जसलाई मानिसले लगातार लामो समय खराब सामग्री प्रयोग गरिरहँदा पनि कपालमा विभिन्न समस्या देखिन थाल्छ । जसमध्ये एउटा कपाल फुल्ने समस्या पनि हो ।

कामको तनाव वा अन्य जीवनको तनावले गर्दा पनि कपाल सेतो हुन थाल्छ । अत्यधिक तनावले शारिरीक तथा मानसिकसँगै कपाल फुल्ने समस्या पनि निम्त्याउँछ ।

त्यस्तै, यदी तपाईंको धुम्रपान, मध्यपान आदि गर्ने बानी छ भने पनि कपाल सेतो हुनसक्छ । यस्तो खराब बानीले शरीरसँगै कपालका जराहरुमा पनि नोक्सान पुर्याउने काम गर्छ ।

कतिपय बच्चा तथा युवामै कपाल फुल्ने समस्या वंशाणुगत पनि हुने गर्छ । यदी तपाईंको आमाबुवा वा हजुरबुवारहजुरआमामा यस्तो समस्या थियो भने तपाईंमा पनि यस्तो समस्या हुन सक्छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस