शनिबार, साउन १२, २०८१
  • होमपेज
  • Breaking News
  • भरतपुरका निजी स्वास्थ्य संस्थामा मनपरी बढेपछि महानगरको अनुगमन
Breaking News

भरतपुरका निजी स्वास्थ्य संस्थामा मनपरी बढेपछि महानगरको अनुगमन

चितवन । भरतपुर महानगरपालिकाले महानगरभित्र सञ्चालित निजी स्तरका स्वास्थ्य संस्थाहरुको अनुगमनलाई तीब्र पारेको छ । महानगरपालिकाले गत साउन १२ गते दर्ता नभएका संस्थालाई दर्ता गर्न आह्वान गरेको थियो । महानगरको सुचना प्रकाशन आधारमा निवेदन पेश भएका संस्थाहरुको पहिलो चरणमा अनुगमन गरिएको महानगरका जनस्वाथ्य अधिकृत केशव भट्टले जानकारी दिनुभयो । पहिलो चरणमा ५६ वटा स्वास्थ्य संस्थाको अनुगमन गरिने अधिकृत भट्टले बताउनुभयो । हालसम्म ४२ वटा स्वास्थ्य संस्थाको अनुगमन गरिसकिएको छ ।

जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि महानगरपालिकाले वर्षेनी स्वास्थ्य संस्थामा अनुगमन गर्ने गरेको छ । यस्तै अनुगमनका क्रममा सर्वसुलभ स्वास्थ्यको पहुँच वृद्धि गर्न टेवा पुग्ने भएकाले अनुगमलाई निरन्तरता दिईरहेको हो । स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीहरु तालिम प्राप्त भए नभएको, जोखिमयुक्त फोहरको व्यवस्थापनको अवस्थाबारे पनि अनुगमन गर्ने गरिएको छ ।

विज्ञापन

अनुगमनका क्रममा मापडण्ड पुरा भएकाहरुको दर्ता गरिनेछ भने पुरा नभएकाहरुलाई मापदण्ड पुरा गर्न अनुरोध गरिने छ । गत असोज २१ बाट सुरु भएको अनुगमन नियमित चल्ने बताइएको छ । गत वर्ष ४ वटा १५ शैयाको अस्पतालसहित ५२ वटा स्वास्थ्य संस्था दर्ता गरिएको थियो । हालसम्म दर्ता गर्न नआएका स्वास्थ्य संस्थालाई दर्ता प्रकृयामा आउन महानगरपालिकाले सार्वजनिक आह्वान समेत गरेको छ । दर्तामा नआई मापदण्ड विपरित सञ्चालन भएका स्वास्थ्य संस्थालाई कानुनी कारबाही गरिने महानगरपालिकाका जनस्वास्थ्य शाखा प्रम्ुख दिपक सुवेदीले जानकारी दिनुभयो । महानगरपालिकाले जनस्वास्थ्य ऐन ०७७ तथा स्वास्थ्य संस्था दर्ता नविकरण तथा सञ्चालन अनुमति कार्यविधि ०७७ निर्माण गरी सोही अनुसार काम कारबाही अगाडि बढाउदै आएको छ ।

विज्ञापन

भरतपुर महानगरले १५ शैयाको अस्पताल, स्वास्थ्य क्लिनिक, आयुर्वेदिक क्लिनिक, फिजियोथेपी केन्द्र, होमियोपेथिक क्लिनिक तथा डी र ई वर्गका प्रयोगशालालाई नियमन गर्ने गर्दछ । भरतपुरमा भरतपुर केन्द्रीय अस्पताल, वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल, दुई ठुला मेडिकल कलेज, २० निजी अस्पतालसहित २०० को संख्यामा निजी क्लिनिक तथा फार्मेसी सञ्चालनमा छन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस