On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

सोमवार, बैशाख २४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • दसैँमा चितवन प्रहरी २४ सै घण्टा हाइअलर्टमा, ठाउँठाउँमा सरप्राइज चेकिङदेखि सादा पोशाकमा गस्ती
समाचार

दसैँमा चितवन प्रहरी २४ सै घण्टा हाइअलर्टमा, ठाउँठाउँमा सरप्राइज चेकिङदेखि सादा पोशाकमा गस्ती

चितवन । नजिकिँदै गरेको दसैँ, तिहार र छठलाई लक्षित गरेर चितवन प्रहरीले विशेष सुरक्षा योजना ल्याएको छ । आज पत्रकार सम्मेलन गरेर चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै चितवन प्रहरीले चाडपर्वमा भरपर्दो शान्ति सुरक्षा कामयम राख्ने उद्देश्यले बसपार्कलगायत मानिसको भीडभाड हुने ठाउँमा हाइअलर्टमा रहने जनाएको हो ।

चाडपर्वमा हुनसक्ने लुटपाट, डकैती, सवारी दुर्घटना र समाजमा हुनसक्ने चोरी, लुटपाट, मादक पदार्थ सेवन गरी होहल्ला, झै–झगडा, गुण्डागर्दी जस्ता अपराधिक गतिविधिहरुलाई मध्यनजर गरी त्यस प्रकारका कुनै पनि घटना हुन नदिने तयारी प्रहरीको सुरक्षा योजनामा समावेश छ । समाजलाई भयमुक्त वातावरण बनाउने र कुनै अप्रिय घटना घटेमा तत्काल सुरक्षा कारबाही गरी भरपर्दो शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले चाडपर्व लक्षित विषेश सुरक्षा योजना निर्माण गरिएको प्रहरीले जनाएको हो ।

विज्ञापन

प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले सुरक्षा योजना सार्वजनिक गर्दै शहरका भीडभाड हुने ठाउँ र बसपार्कहरुमा २४ सै घण्टा प्रहरी अलर्टमा रहने बताएका छन् । प्रहरीले बसपार्कमा यात्रुको पीरमर्का बुझ्न यात्रु सहायता कक्ष पनि सञ्चालनमा ल्याएको छ । चितवनमा पुलचोक, पोखरा बसपार्क, केन्द्रीय पारस बसपार्क, मुग्लिन बजारमा रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

विज्ञापन

त्यसैगरी चितवनका ११७ टोलसुधारसँग समन्वय गरेर प्रहरीले सुरक्षाको रणनीति बनाएको छ । प्रहरीको सुरक्षा योजनामा कमाण्ड पोष्ट, रिजर्भ, स्ट्रइकिङ, क्यूआरटी परिचालन, सिमानामा चेकजाँच, अस्पतालमा उद्धार टोली र १२ वटा समूहमा ट्राफिकसहितको संयुक्त चेकिङ हुने भएको छ । प्रहरीले दसैँतिहार र छठलाई लक्षित गरेर ठाउँठाउँमा सरप्राइज चेकिङ, सवारीसाधनद्वारा मोबाइल गस्ती, पैदल गस्ती, पिकेट डिउटी, राजमार्ग गस्ती सञ्चालन गर्नेछ ।

त्यस्तै प्रहरीले चितवनका धार्मिक र पर्यटकीय स्थलको सुरक्षा गर्नुको साथै बैँक सुनचाँदी र आर्थिक कारोबार हुने स्थानको सुरक्षालाई पनि प्राथमिकतामा राखेको छ । सादा पोशाकमा चेकजाँच र बजार अनुगमन गर्नाको साथै मापसे चेकजाँचलाई पनि सञ्चालन गर्नेछ । चाडपर्वमा विशिष्ट व्यक्तिको सुरक्षा गर्नुको साथै झैझगडा र जुवातास नियन्त्रण र अवैद्य मदिरा नियन्त्रणको लागि पनि ठूलो संख्यामा प्रहरी परिचालन गर्ने चितवन प्रहरीको तयारी छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस