आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • Breaking News
  • आज श्रीकृष्ण जन्माष्टमी, भगवान कृष्णको जन्मदिन मनाइँदै
Breaking News

आज श्रीकृष्ण जन्माष्टमी, भगवान कृष्णको जन्मदिन मनाइँदै

काठमाडौं ।

भाद्रकृष्ण अष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमी। सनातन धर्मावलम्बी आज भगवान कृष्णको जन्मदिन मनाउँदैछन्।

विज्ञापन

 

विज्ञापन

पुराणहरूका अनुसार द्वापरयुगमा भाद्र कृष्ण पक्षको अष्टमीको मध्यरातमा रोहिणी नक्षत्रमा भगवान् नारायणका आठौँ अवतारका रूपमा कृष्णको जन्म भएको हो। लोकमा अधर्म बढ्दै जाँदा भगवानले विभिन्न रूप लिने क्रमअनुरूप कंसलगायत दानवको अन्त्यका लागि विष्णुले कृष्णको रूप लिएको बताइन्छ।

 

कंसको कालकोठरीमा वासुदेव र देवकीको पुत्रका रूपमा जन्मिएका कृष्णले मथुरामा देखाएको बाललीला र महाभारत युद्धमा अर्जुनलाई दिएको गीताज्ञान प्रसिद्ध छ। सनातन धर्मावलम्बीले जन्माष्टमी पर्वमा उनको उपासना गर्छन्। वैष्णव वा श्रीकृष्ण प्रणामीले यो पर्वलाई विशेष महत्त्वका साथ मनाउँछन्।

पौराणिक ग्रन्थहरूमा आज गरिने भगवान् कृष्णको आराधनाको विधि उल्लेख भएको पाइन्छ। विशेषगरी द्वादशाक्षरी (ॐ नमो भगवते वासुदेवाय) मन्त्रले उनको आराधना गर्नुपर्ने बताइएको छ।

नेपाल र भारतमा रहेका श्रीकृष्ण मन्दिरमा आजको दिन घुइँचो लाग्छ। नेपालमा पाटनको कृष्णमन्दिर सनातन धर्मावलम्बीहरूको गन्तव्य बन्छ। विभिन्न ठाउँमा भोलि बिहान श्रीकृष्ण रथयात्रा चल्छ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस