आइतवार, अशोज २७, २०८१
  • होमपेज
  • Breaking News
  • नारायणगढ– मुग्लिन सडक सुचारु हुन अझै चार घण्टा लाग्ने, सिडियो आफै फिल्डमा खटिए
Breaking News

नारायणगढ– मुग्लिन सडक सुचारु हुन अझै चार घण्टा लाग्ने, सिडियो आफै फिल्डमा खटिए

चितवन । चितवनका प्रमुख जिल्ला अधिकारी (सिडयो) भुपेन्द्र थापा नारायणगढ मुग्लिन सडकको पहिरो स्थलमा आफै फिल्डमा खटिएका छन् । उनी चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर कार्की , जिल्ला ट्राफि कप्रहरी कार्यालय चितवनका प्रमुख राज कुमार तामाङ, शसस्त्र प्रहरी , राष्ट्रिय अनुसन्धान र सडक डिभिजनका प्राविधिक सहितको टोलि लिएर विहानै ५ बजे पहिरो स्थलमा पुगेका हुन् ।

 

विज्ञापन

हिजोदेखि कार्यसभार सम्हालेका प्रमुख जिल्ला अधिकारी थापा पहिरो पञ्छाउन खटिएका कर्मचारी तथा सुरक्षाकर्मीको हौसला बढाउन आफै फिल्डमा खटिएको उनले बताए ।‘हामी भनेको जनताको सेवक हौँ ,विपतमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीहरुको हौसला बढाउन म आफै फिल्डमा खटिएको हुँ जनताको सेवाको लागि रातदिन खट्ने गरेको छु –उनले भने ।

विज्ञापन

 

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सुचारु हुन अझै चार घण्टा लाग्ने भएको छ । सडक डिभिजन कार्यालय भरतपुरको दुई वटा मेसिनबाट पहिरो पञ्छाउने काम भइरहेको छ । थप पहिरो नखसे १२ बजेभित्र सवारी आवागमन एकतर्फी खुल्ने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । गएराती इच्छाकामना ६ नाम्सीखोला पुल नजिकै पहिरो खसेपछि दुइतर्फी सवारी अवरुद्ध बनेको हो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस