शुक्रबार, असार १, २०८१
  • होमपेज
  • समाचार
  • १० प्रतिशत छात्रवृत्तिको विवरण पेस गर्न संस्थागत विद्यालयहरुलाई भरतपुर महानगरको निर्देशन
समाचार

१० प्रतिशत छात्रवृत्तिको विवरण पेस गर्न संस्थागत विद्यालयहरुलाई भरतपुर महानगरको निर्देशन

चितवन ।

भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले संस्थागत विद्यालयहरुलाई १० प्रतिशत छात्रवृत्तिको विवरण पेस गर्न निर्देशन दिएको छ ।

विज्ञापन

 

विज्ञापन

महाशाखाले एक सूचना जारी गर्दै संस्थागत विद्यालयमा भर्ना भएका कुल विद्यार्थीको १० प्रतिशत नघट्ने गरी तोकिए बमोजिम असार १५ भित्र विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।

 

सूचनामा भनिएको छ, विपन्न, गरिब, दलित, जनजाति, महिला, अपाङ्ग र जेहेन्दार विद्यार्थीको नामाबलीसहितको विवरण शैक्षिक प्रशासन महाशाखामा बुझाउन भनेको छ । निर्देशनमा तोकिएको समयमा नामाबली नबुझाएमा नियम अनुसार कारबाही हुने पनि जनाइएको छ ।

यस वर्ष छात्रवृत्ति उपलब्ध गराउन बाँकी रहेका र विवरण पेस गर्न बाँकी रहेका संस्थागत विद्यालयलाई महानगरले भरतपुर महानगरपालिका शिक्षा ऐन र छात्रवृत्ति कार्यान्वयन कार्यविधि अनुसार सो निर्देशन दिएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस