शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • दाहालद्धारा भूमिहिन सुकुम्बासीलाई जग्गाधनी प्रमाण–पत्र वितरण
समाचार

दाहालद्धारा भूमिहिन सुकुम्बासीलाई जग्गाधनी प्रमाण–पत्र वितरण

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आईतबार छुटपुट ५ जना भूमिहिन सुकुम्बासीलाई जग्गा धनी प्रमाण–पत्र वितरण गर्नुभएको छ । जग्गाधनी प्रमाणपत्र पाउनेहरु राष्टिय भूमि आयोग चितवनले भरतपुर–२ आँपटारीमा १ सय ३३ जनालाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरणका क्रममा छुटेको थियो । राष्टिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमलसिनाले श्रीमान वैदेशिक रोजगारीकामा बाहिरा भएकाले लालपुर्जा प्राप्तीको प्रकृया पुगेको थिएन ।
प्रकृया पुरा भएसँगै अहिले थप ५ जनालाई जग्गाधनी प्रमाणपत्र दिईएको बताउनुभयो ।
महानगरपालिकाले आँपटारीबाट भूमिहिन दलितलाई जग्गाधनी प्रमाणपत्र दिएर यो कार्यको थालनी गरेको थियो ।
लालपूर्जा वितरण कार्यक्रममा महानगरपालिका प्रमुख रेनु दाहालले भूमिहिनलाई भूमिपति बनाउने अभियान जारी राखिएको बताउनुभयो ।
सबै प्रकृया मिलााएर केही समयपछि लालपुर्जा वितरण गर्ने गरी राष्टिय भूमि आयोग चितवनले काम अगाडि बढाई रहेको उल्लेख गर्नुभयो ।
आयोगका चितवन अध्यक्ष बद्री तिमलसिनाले चितवन क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचनका कारण आचारसंहिताले लालपुर्जा वितरणको काम रोकिएको बताउनुभयो । अध्यक्ष तिमलसिनाले निर्वाचनपछि भरतपुर–११ को भूमिहिन दलित र सुकुम्बासी,सेतोपुर्जा भएर अद्यवधिक गर्न बाँकी रहेका, सेतो पुर्जामा एक किस्ता वा दुई किस्ता राजस्व बुझाएका र स्वम सेतो पुर्जा रहेका व्यक्तिलाई लालपुर्जा दिने तयारी भईरहेको जानकारी दिनुभयो । आयोगले चितवन जिल्लाभरि नै निस्सा दिने काम सम्पन्न भईसकेको पनि जानकारी दिनुभयो ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस