On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • Breaking News
  • अन्तरजातीय विवाह गर्ने सात जोडीलाई भरतपुर महानगरको सम्मान
Breaking News

अन्तरजातीय विवाह गर्ने सात जोडीलाई भरतपुर महानगरको सम्मान

चितवन।

भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका ७ जोडीलाई सम्मान गरेको छ । बिहिबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले संयुक्त रुपमा सम्मान गर्नुभयो ।

विज्ञापन

सम्मानित हुनेमा भरतपुर महानगरपालिका–९ का विमल दराई र सपना नेपाली, भरतपुर–११ का हरि प्रसाद पोखरेल र सीता परियार, सायुयल परियार र अर्पना तिवारी, मिरन सुनार र इन्द्रा भुजेलको जोडी रहेको छ । यस्तै भरतपुर १५ का राज दर्जी र सिम्रन चौरेल, भरतपुर २३ का ढक बहादुर नेपाली र सुशिला महतो, भरतपुर २५ का कमल बहादुर सुनार र कल्पना बस्नेतको जोडी रहेको छ । उनीहरूलाई महानगरले बिहीबार एक कार्यक्रमकाबीच एक जोडीलाई नगद रु एक–एक लाखसहित सम्मान गरेको हो । कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख दाहालले भरतपुर महानगरपालिकालाई सभ्य र सुसंस्कृत बनाउने उद्देश्यले यो अभियानको थालनी गरिएको बताउनुभयो ।

विज्ञापन

जातीय विभेदलाई अन्त्य गराउन यस्ता कार्यक्रमलाई प्राथामिकतामा राखेको प्रमुख दाहालले उल्लेख गर्नुभयो । संविधानले जातीय विवेदलाई अपराधजन्य कार्य भनेर ठहर गरेपनि सोचे जति परिवर्तन हुन नसकेको धारणा राख्नुभयो । जनयुद्धको समयभन्दा अगाडि मान्छेले मान्छेलाई पशुजन्य व्यवहार गर्ने गरेको घटना स्मरण गर्दै प्रमुख दाहालले पहिलाकाके अवस्था निकै काहाली लाग्दो रहेको बताउनुभयो ।

जनयुद्धको जगमा पाएका अधिकारलाई कार्यान्वन गर्न निरन्तर खबरदारी र संर्घष जारी राख्नुपर्ने उहाँको भनाई थियो । कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले सामाजिक क्षेत्रहरु शिक्षा, स्वास्थ्य, समानुपातमा समावेशी सशक्तिकरणका कार्यक्रमहरु पछिल्लो ०६२/०६३ को परिवर्तनपछि बढी नै उठेर आएको उल्लेख गर्नुभयो । जातीय विभेदको सोचलाई पछिल्लो पुस्ताले मिहिनेत गरी हटाउन पर्ने उहाँले बताउनुभयो । यो चिन्तन सजिलै पढेर, लेखेर नजाने उहाँको भनाई थियो ।

महानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख शान्ता पौडेलले अन्तरजातीय विवाह गर्ने जोडीको जीवनलाई सहज बनाउन २ वर्षअघि देखि नीतिगत व्यवस्था गरिएको उल्लेख गर्नुभयो । अन्तरजातीय दाम्पितीले समाजमा खेलेको परिवर्तनको भूमिकालाई कदर गर्दै यो कार्यक्रम गरिएको बताउनुभयो । महानगरले यसअघि पनि अन्तरजातीय विवाह गर्ने दुई वर्षमा ३/३ जोडीलाई सम्मान गरेको थियो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस