शनिबार, साउन १२, २०८१
  • होमपेज
  • Breaking News
  • भरतपुरमा केही अधुरा र रोकिएको कामले पूर्णता पाउँछ : मेयर दाहाल
Breaking News

भरतपुरमा केही अधुरा र रोकिएको कामले पूर्णता पाउँछ : मेयर दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा केही अधुरा र रोकिएको कामले पूर्णता पाउने बताउनु भएको छ ।
सकृय जेष्ठ नागरिक कल्याण समाज भरतपुर–२६ को छैठौ साधारण सभा कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले रोकिएको कामलाई गति दिने गरी पहल भईरहेको उल्लेख गर्नुभयो ।
मेयर दाहालले भरतपुर विमानस्थलको विस्तार, गौतम बुद्ध क्रिकेट रंगशाला, मेघौली विमानस्थलको स्तरोन्नतीलगायतको काम अब केही समयपछि सुरु हुने औल्याउनुभयो ।
यसका लागि प्रधानमन्त्री कार्यालयबाट मन्त्रीपरिषदमा यी विषयहरुलाई लैजाने तयारी भईरहेको जानकारी दिनुभयो ।
भरतपुरमा पहिलो चरणको स्मार्ट लाईट जडानको काम सम्पन्न भईसकेको र दोस्रो चरणमा करिब १ सय ५० किमीको लागि केही दिनमा बोलपत्र आह्वान हुन लागेको पनि उहाँले जानकारी दिनुभयो । यी लाईटहरु जडान भएसँगै भरतपुरका मुख्य सडकहरुमा स्मार्ट लाईट लडानको कार्य सकिने उहाँको भनाई थियो ।
भरतपुरमा अहिले एक वडा एक पार्क, एक विद्यालय एक खेल मैदान, एक वडा एक जेष्ठ नागरिक भवन, एक वडा एक खेल मैदान लगायतका समानुपातिक र सन्तुलित विकासको काम अगाडि बढाइएको उहाँको भनाई थियो ।
भरतपुरलाई सुखी, खुसी र समृद्ध सहर बनाउने गरी जेष्ठ नागरिकलाई मध्यनगर राख्दै विभिन्न कार्यक्रमहरु सञ्चालन भइरहेको पनि उल्लेख गर्नुभयो ।
मेयर दाहालले जनताबाट प्राप्त हौसलाका कारण भरतपुरको विकासमा अहोरात्र खटिरहेको दाबी गर्नुभयो ।
भरतपुरमा विगत ५ वर्षमा भएको कामकै कारण दोस्रो पटक जनताले ठूलो आश र भरोसाका साथ निर्वाचित गरेकाले जनताको भावना अनुसार नै काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा वडा नम्बर २६ का अध्यक्ष ज्ञानप्रसाद खनाल, समाजसेवी चित्रलाल शेरचन लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा स‌ंस्थाको भवन निमार्ण गर्न सहयोग पुराउने दानवीरलाई सम्मान गरिएको थियो ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस