शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • फ्रिडम फाइटरलाई लगातर दोस्रो पटक चितवन भेटेरान कपको उपाधि
समाचार

फ्रिडम फाइटरलाई लगातर दोस्रो पटक चितवन भेटेरान कपको उपाधि

चितवन । स्वर्गीय दीलिप राणा स्मृति अन्तराष्ट्रिय आमन्त्रण चितवन भेटेरान कपको उपाधि फ्रिडम फाईटर ठमेलले जितेको छ ।

आज (बिहीबार) सम्पन्न फाइनलमा थापा गाउँ सुधार समितिलाई निराश बनाउदै ठमेलले लगातार दोस्रो पटक उलाधि उचालेको हो । गत तेस्रो संस्करण पनि ठमेलले उपाधि जितेको थियो ।

विज्ञापन

लगातार दोस्रो पटक च्याम्पियन बन्ने क्रममा ठमेलले फाइनलमा थापा गाउँलाई ४-१ ले पराजित गर्‍यो । ठमेललाई च्याम्पियन बनाउन कन्यसुब्बा गुरुङले दुई तथा विजय गुरुङ र नरकुमार राईले एक-एक गोल गरे ।

विज्ञापन

पहिलो हाफको चौथो मिनेटमा विजयले गोल गर्दै ठमेललाई सुरुवाती अग्रता दिलाएका थिए । ११ औं मिनेटमा सुनिल सुवेदीले थापा गाउँका लागि बराबरी गोल फर्काए । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका नरकुमारले २६ औं मिनेटमा गोल गर्दै ठमेललाई अग्रता दिलाए ।

दोस्रो हाफमा ठमेलले थप दुई गोल गर्‍यो । दोस्रो हाफको नवौं मिनेटमा कन्यले गोल गर्दै ठमेलको अग्रता लम्बाए । १७ औं मिनेटमा कन्यले व्यक्तिगत दोस्रो गोल गरेपछि ठमेल ४-१ ले विजयी भयो । विजेता बनेको ठमेलले ट्रफीसहित एक लाख ५१ हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेतामा सीमित थापा गाउँले ७५ हजार ५०० रुपैयाँमा चित्त बुझाएको छ ।

ठमेलका नरकुमार म्यान अफ दि म्याच चुनिए । विधागत पुरस्कारमा पनि ठमेलकै वर्चश्व रह्यो । ठमेलका राजकुमार घिसिङ प्रतियोगिताभरको सर्वोकृष्ट खेलाडी भए । उनले ट्रफीसहित दश हजार रुपैयाँ प्राप्त गरे ।

ठमेलका मुकुन्द थापा उत्कृष्ट गोलकिपर, ठमेलकै भीम श्रेष्ठ उत्कृष्ट डिफेन्डर, सुरज श्रेष्ठ उत्कृष्ट प्रशिक्षक, थापा गाउँका सुमन श्रेष्ठ उत्कृष्ट मिडफिल्डर र प्रतियोगिताभर पाँच गोल गरेका थापा गाउँकै सुनिल सुवेदी सर्वाधिक गोलकर्ता बने । उनीहरुले जनही पाँच-पाँच हजार रुपैयाँ प्राप्त गरे ।

चितवन भेटेरान फुटबल क्लबको आयोजना र नारायणगढ लेडी जेसिजको सह-आयोजनामा भरतपुर १० स्थित गेष्ट हाउस चौरमा सम्पन्न प्रतियोगितामा नेपाल र भारतका गरी १६ टोली सहभागी थिए । स्वार्गीय राणा चितवनमा स्थानीय फुटबल खेलाडी थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस