शनिबार, साउन १२, २०८१
  • होमपेज
  • Breaking News
  • भरतपुर महानगरले थाल्यो सवारी साधनलाई व्यवस्थापन कार्य
Breaking News

भरतपुर महानगरले थाल्यो सवारी साधनलाई व्यवस्थापन कार्य

चितवन। भरतपुर महानगरपालिकाले साना तथा ठूला सवारी साधनलाई व्यवस्थापन गर्ने कार्य सुरु भएको छ। बुधबार भरतपुर महानगरपालिकामा बसेको सरोकारवालाको बैठकले सवारी साधन व्यवस्थापन गर्न ५ वटा महत्त्वपूर्ण निर्णय गरी पुस ७ गतेदेखि पूर्णरुपमा कार्यान्वयनमा ल्याउन लागेको हो।

पछिल्लो समय बढ्दै गएको सहरीकरणसँगै सवारी साधन व्यवस्थापनमा समस्या देखिएसँगै भरतपुर महानगरपालिकाले तत्काल केन्द्रीय बस टर्मिनल र नारायणगढ बसपार्कमा अनिवार्य पार्किङको व्यवस्था गरेको छ। सवारी साधनको निर्णय अनुसार पूर्वबाट काठमाडौं-पोखरा जाने यात्रुवाहक बस, मिनी बस, माइक्रो लगायतको भाडाको सवारी साधनहरूको पिक एण्ड ड्रप केन्द्रीय बसपार्कबाट बाइपास सडक प्रयोग गरी आँपटारीबाट बाहिरिनु पर्ने छ।

विज्ञापन

पूर्वबाट पश्चिम बुटवल, धनगढी, महेन्द्रनगरसम्म जाने यात्रुवाहक सवारीको यात्रु पिक एण्ड ड्रप केन्द्रीय बसपार्कमा गरी चौबिसकोठी, लाईन्सचोक हुँदै पुलचोकबाट बाहिरिनु पर्ने व्यवस्था गरिएको छ। पश्चिम जाने यात्रुवाहक सवारी साधनले केन्द्रीय बर्सपार्कबाट पिक एण्ड ड्रप गरी पश्चिमतर्फ निस्किने नियम बनाइएको छ। यस्तै भरतपुर महानगरपालिका क्षेत्रको रिङरोडमा चल्ने म्याजिकहरुको क्यु लिने र पार्किङ गर्ने स्थल नारायणगढ बसपार्कमा गर्नुपर्ने निर्णय गरिएको छ।

विज्ञापन

भरतपुरबाट टाँडी, पर्सा, भण्डरा, लोथरसम्म जाने यात्रुवाहक बस र म्याजिकको क्यु लिने र पार्किङ गर्ने स्थान केन्द्रीय बसपार्कमा गर्नुपर्ने व्यवस्था मिलाइएको छ। नारायणगढ बजारको पुलचोकबाट पोखरा बसपार्कतर्फ जाने ट्रक र लामो दुरीका बस प्रवेशमा निषेध गरिएको छ। यस्तै काठमाडौं पोखराबाट पूर्व वा पश्चिमतर्फ जाने यात्रुवाहक सवारी साधन ट्रक, लहरी, टिप्पर जस्ता मालवाहक सवारी साधनहरूलाई आँपटारीबाट नारायणघाट बजारतर्फ जान निषेध गरिएको छ।

महानगरको गोन्द्राङदेखि पुलचोक आँपटारीसम्मको बार क्षेत्रमा जथाभाबी हर्न बजाउन निषेध गरिएको छ। यस्तै, नारायणगढ तथा भरतपुरमा रहेका राजमार्गको पेटी तथा सडकको दायाँ बायाँ भागमा निजी तथा भाडाका सवारी साधनहरूलाई पार्किङमा निषेध गरिएको छ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सुन्दर र सुसंस्कृत भरतपुर महानगरको परिकल्पना अनुसार सवारी साधनलाई व्यवस्थापन गर्न लागिएको बताइन्। गोन्द्राङदेखि पुलचोकसम्म ६ लेन सडक निर्माण भइरहेकाले दुर्घटनाको जोखिम बढ्दै गएसँगै तत्काल सवारी व्यवस्थापनमा जुटेको उल्लेख गरिन्।

महानगरपालिका प्रमुख रेनु दाहालको अध्यक्षतामा बसेको बैठकमा उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नवराज अधिकारी, वातावरण शाखा प्रमुख विराट घिमिरे, यातायात व्यवसायीहरूको उपस्थिति रहेको थियो।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस