शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • डा.भोजराज अधिकारी आफू पढेको विद्यालयमा पुग्दा…
समाचार

डा.भोजराज अधिकारी आफू पढेको विद्यालयमा पुग्दा…

चितवन। डा. भोजराज अधिकारी अमर मावि भरतपुर-२२ का विधार्थी हुन्। जुन क्षेत्र प्रतिनिधि सभा क्षेत्र-३ मा पर्छ। उनी २०५२ सालको एसएलसीका प्रथम छात्र थिए। लामो समयको अन्तरालमा उनी सो विधालयमा भेटघाटका लागि पुगेका छन्। सो अवसरमा उनले आफूलाई पढाएका शिक्षकसँग र हालका शिक्षक कर्मचारीसँगै बिद्यालयको वर्तमान अवस्थाका बारेमा जानकारी लिए।

आफ्नै विद्यालयका विद्यार्थी डा. अधिकारी नै प्रतिनिधिसभा सदस्य उमेदवार भएकोमा हर्षित भएको अमर माविका प्रधानाध्यापक बुद्धि मान शर्माले बताए। यसै क्षेत्रका स्थानीय र यसै विद्यालयका उत्पादन भएकोले पनि गौरव महशुस भएको उनको भनाइ छ। विद्यालय शिक्षा सुधारमा उनको योजना सफल बनाउन उनी अघि बढ्नुपर्ने प्रअ शर्माले बताए। राम्रो उमेदवार भएकोले सम्पुर्ण सहयोग रहने अर्का शिक्षक उमानाथ सापकोटाले बताए। विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा समेत उनको सहभागीता सक्रिय थियो।

विज्ञापन

उनी तृष्ण बुद्धि र नेतृत्वदायी क्षमता भएका विधार्थी रहेको शिक्षक रामचन्द्र रेग्मीले बताए। बाल्यकालदेखि नै अध्यापन गराएका शिक्षक रेग्मीले आफ्नै विधार्थी नै उमेदवार पाएकोमा निकै हर्षित छन्।उनको जित सुनिश्चित भएको शिक्षक रेग्मीले बताए।

विज्ञापन

हालसम्म सोही विधालयमा कार्यरत गुरूदत्त पौडेलले सरल स्वभावका डा. अधिकारी संसदमा जानुपर्ने बताउछन्। खराब पात्रहरू राजनीतिमा लागेर फोहर भईरहेको समयमा डा. अधिकारीको प्रवेश सुखद रहेको उनले बताए। विद्यालय आफ्नो परिवार भएकोले विद्यालय परिवारले सहयोग गर्ने डा.अधिकारीले अपेक्षा राखेका छन्। राजनीतिलाई सफा बनाउन आफू उमेदवारका रूपमा आएको उनले बताए।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस