शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • मोरङ पुगेर शेखरले कार्यकर्तालाई भने-देउवा र म मिलीसक्यौं, तपाईहरु किन झगडा गर्नुहुन्छ ?
समाचार

मोरङ पुगेर शेखरले कार्यकर्तालाई भने-देउवा र म मिलीसक्यौं, तपाईहरु किन झगडा गर्नुहुन्छ ?

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवा र आफू मिलिसकेको बताएका छन् । नेता कोइरालाले मोरङको हरैंचामा चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकर्तालाई विवाद नगर्न सुझाव दिएका छन् ।

‘स्थानीय निर्वाचनमा के भयो, महाधिवेशनमा के भयो, त्यो तुषलाई तपाईंहरु सबैले त्याग्नुस्,’ कार्यकर्तासँग उनले आग्रह गर्दै भने, ‘तुष मैले त त्यागीसकें । तपाईंहरुले किन नत्याग्ने ?’

विज्ञापन

१४ औं महाधिवेशनमा सभापतिका लागि देउवा र आफू पक्षधर तलैबाट लड्दै केन्द्रसम्म प्रतिस्पर्धा गरेको उनले सुनाए । ‘जब शेरबहादुर देउवा जी र म नै मिलिसकेपछि वडामा तपाईंहरु किन झगडा गर्नुहुन्छ ?’ कार्यकर्तालाई उनले प्रश्न गरे, ‘किन झगडा गर्नुभएको छ, मैले बुझ्न सकेको छैन ।’

विज्ञापन

प्रतिस्पर्धा तलदेखि देउवासँग आफ्नो भएको र त्यो लडाइँ अब समाप्त भइसकेको उनले बताए । दुई पक्षका कार्यकर्ता एकापसमा भिडेर केही पनि प्राप्त नहुने उनले सुझाए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस