शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • रिक्सा चलाएर भोट माग्न जनताको घरदैलोमा रेखा
समाचार

रिक्सा चलाएर भोट माग्न जनताको घरदैलोमा रेखा

बेलबारी । मोरङ क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभाको सदस्य तर्फकी राप्रपा उम्मेदवार रेखा थापाले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएकी छन् । थापाले तेस्रो दिनको घरदैलो कार्यक्रम श्रमिकहरूसँग मत माग्दै सम्पन्न गरेकी छन् ।

बेलबारी नगरपालिकाको वडा नम्बर ११ मा भएको घरदैलो कार्यक्रममा रेखाले रिक्सा चलाउँदै नागरिकसँग मत मागेकी छन् । दैनिक गुजार चलाउने ई-रिक्सा चालक श्रमिकहरूसँग आत्मियता कायम गर्न उनले रिक्सा चलाउँदै मतदातासँग मत माग्न पुगेकी हुन् ।

विज्ञापन

 

विज्ञापन

त्यस्तै रेखाले बेलबारी वडा नम्बर ११ मा क्यारम बोर्ड खेल्दै गरेका युवाहरूसँग समेत क्यारम बोर्ड खेल्दै मत मागेकी छन् । घरदैलोका क्रममा रेखाका विभिन्न गतिविधिले मतदाता झनै आकर्षित भएको देखिन्छ ।

घरदैलोमा थापाले विभिन्न स्थानमा पुगेर आफ्नो कुरा मतदातालाई सुनाएर हिँड्ने पुरानो प्रवृत्तिलाई तोड्दै मतदातासँग दोहोरो संवाद गर्ने गरेको देखिन्छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस