शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • गोकर्ण विष्टमा इमान हुन्थ्यो भने मलाई जिताउन झोला बोकेर हिँड्नुपर्थ्यो : झाँक्री
समाचार

गोकर्ण विष्टमा इमान हुन्थ्यो भने मलाई जिताउन झोला बोकेर हिँड्नुपर्थ्यो : झाँक्री

प्रतिनिधिसभाका लागि गुल्मी क्षेत्र नं. २ बाट पाँच दलीय गठबन्धनको उम्मेदवार रहेकी नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले एमालेबाट प्रतिस्पर्धी उम्मेदवार गोकर्ण विष्टमा राजनीतिक इमान नभएको बताएकी छन् । उनले विष्टमा राजनीतिक इमान हुन्थ्यो भने निर्वाचनमा आफूलाई जिताउन झोला बोकेर हिँड्नुपर्ने टिप्पणी गरेकी छन् ।

 

विज्ञापन

गुल्मीको अर्खबाङ्ग ठुलाचौरमा आयोजित गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै झाँक्रीले भनिन्, ‘गोकर्ण दाइबारे मलाई आलोचना र प्रशंसा गर्नु छैन, यसअघिका सबै निर्वाचनहरूमा म उहाँको लागि झोला बोकेर हिँडेकी थिएँ, यदि उहाँमा इमान हुन्थ्यो भने यसपटक मेरो झोला बोकेर हिँड्नुपर्थ्यो ।’ विद्यार्थी जीवनदेखि पार्टीको काम गरेर जनताको दुख सुखमा साथ दिएको उनले बताइन् ।

विज्ञापन

झाँक्रीले केपी ओली गुट छाडेर माधवकुमार नेपालको गुटमा लाग्न शुरुमा गोकर्ण बिष्टहरुले नै आफूहरुलाई उक्साएको आरोप लगाइन् । तर पछि विष्टबाट धोका भएको उनको भनाइ छ ।

उनले गुल्मी २ मा अहिले पनि पानी पर्दा हिँड्ने बाटो र बिजुली बत्ति नहुने गरेको, शिक्षाको क्षेत्रमा पनि कुनै विकास नभएको बताउँदै बाम लोकतान्त्रिक गठबन्धनका उमेदवारलाई जिताउन अपिल गरिन् । कार्यक्रममा प्रदेश (ख) का उमेदवार बुद्धि जिसीले गोकर्ण विष्ट अहिलेसम्म झुटो प्रचारबाजी र झुटो आश्वासनकै भरमा टिकेको आरोप लगाए ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस