शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • सांसद चुनिएपछि कोटेश्वरको ट्राफिक जाम हटाउँछु : ओनसरी घर्तिमगर
समाचार

सांसद चुनिएपछि कोटेश्वरको ट्राफिक जाम हटाउँछु : ओनसरी घर्तिमगर

काठमाडौं । आसन्न निर्वाचनमा प्रतिनिधिसभाका उम्मेदवार एवं पूर्वसभामुख ओनसरी घर्तिमगरले राजनीतिक स्थायित्व स्थापनाका लागि आफूले उम्मेदवारी दिएको बताएकी छन्।

 

विज्ञापन

काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएकी घर्तिमगरले प्रतिगमनविरुद्ध र राजनीति स्थायित्वका लागि उम्मेदवारी दिएको बताएकी हुन्।

विज्ञापन

सो क्षेत्रमा आयोजित कार्यक्रममा उनले जोरपाटी-साँखु सडक स्तरोन्नतीका लागि पहल थाल्ने बताइन्। रोजगारी वृद्धि आफ्नो पहिलो प्राथमिकता रहेको उनको भनाइ छ।

उनले भनिन्, ‘कोटेश्वरको ट्राफिक जाम हटाउन आवश्यक पहल कदमी लिनेछु। साँखुको ढल निकास निकाल्नेछु। तपाईँहरुसँग ग्याप हुन दिन्न। ९८५११०२४८२ नम्बरमा फोन गर्न सक्नुहुन्छ। तपाईँहरुको समस्यासँग दिनरात सँगै हुन्छु। हामीलाई एक महिनाको जिम्मा लिनुस्, पाँच वर्षको जिम्मेवारी म लिन्छु।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस