शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • भूमिहीनको समस्या समाधान गर्नेछु : उमेश श्रेष्ठ
समाचार

भूमिहीनको समस्या समाधान गर्नेछु : उमेश श्रेष्ठ

चितवन, ३० असोज ।
चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदमा सत्ता गठबन्धनका साझा उम्मेदवार उमेश श्रेष्ठले भूमिहीनका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार भरतपुर महानगरपालिका वडा नम्बर २, आंँपटारीमा भूमिहीनसंँग भेटघाट गर्ने क्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं राज्यमन्त्री श्रेष्ठले भूमिहीनको समस्या समाधान गरिने बताएका हुन् ।
आफूले चुनाव जितेपछि लालपुर्जा लिन छुटेका र नपाएका सुकुम्बासीलाई लालपुर्जा दिलाउने प्रतिबद्धता समेत उनले व्यक्त गरे । ‘सुकुम्बासी समस्या समाधान मेरो प्राथमिकता छ’ आँपटारीमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘म निर्वाचित भएपछि कोही पनि भूमिहीन रहनु पर्दैन । मैले भूमिहीनका समस्या समाधान गर्नेछु ।’
शिक्षा, स्वास्थ्य, रोजगारीसंँगै सुकुम्बासीलाई जोडेर समृद्धिको यात्रालाई अघि बढाउने उनको भनाई थियो । दशकौं अघिदेखि शिक्षा, पर्यटन, स्वास्थ्यलगायत क्षेत्रका अनुभव सँगालेको बताउंँदै उनले चुनाव जितेपछि यसलाई मूर्तरुप दिने उनको भनाइ थियो । सुकुम्बासीको सपना पूरा गर्न र समस्या समाधान गर्न पनि आफूलाई जिताउन उनले आग्रह गरे ।
आँपटारीका भूमिहीनहरुले आफूले खोजेको नेता घरदैलोमै आइपुगेको भन्दै खुशी व्यक्त गरेका थिए । उनीहरुले यसपटक विकासप्रेमी व्यक्तित्व श्रेष्ठलाई नै जिताउने बताएका छन् ।
चितवन निर्वाचन क्षेत्र नम्बर २ ख बाट प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका नेता उत्तम जोशीले आफू चितवनको हरेक वडा र टोलसंँग परिचित रहेको बताउंँदै सुकुम्बासीको समस्या समाधान गर्न कुनै कसर बांँकी नराख्ने बताए ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता बद्री तिमिल्सिनाले आफ्नो कार्यकालबाट वर्षौंदेखिको सुकुम्बासी समस्या समाधान गरेको भन्दै यो कार्यलाई निरन्तरता दिन पनि गठबन्धनको जित आवश्यक रहेको बताए ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस