सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • आर्थिक पारदर्शीताको नमूना भरतपुर महानगर : प्रमुख र उपप्रमुख उम्मेद्वार रेनु र चित्रसेनकोे नाममा छैन कुनै वेरुजु
समाचार

आर्थिक पारदर्शीताको नमूना भरतपुर महानगर : प्रमुख र उपप्रमुख उम्मेद्वार रेनु र चित्रसेनकोे नाममा छैन कुनै वेरुजु

चितवन ।

नेपालका छ वटा महानगरपालिका मध्ये भरतपुर महानगर पालिका आर्थिक पारदर्शीताको नमूना बन्न सफल भएको छ । प्रमुख पदमा पुनः उम्मेद्वारी दिएकी रेनु दाहालको अघिल्लो कार्यकाल जनप्रतिनिधिको व्यक्तिगत वेरुजु सुन्य कार्यकाल बनेको छ ।

विज्ञापन

महानगरपालिकाका लेखा प्रमुख जगन्नाथ अर्यालका अनुसार महानगर प्रमुखको आर्थिक इमान्दारिताका कारण महानगर व्यक्तिगत बेरुजुको समस्या नभएको हो । महानगर प्रमुख दाहालले आफु पनि आर्थिक क्रियाकलापमा स्वच्छता चाहने र अन्य जनप्रतिनिधिलाई पनि सोही अनुसार काम गर्न निर्देशन दिने परिणामले उक्त समस्या सिर्जना नभएको लेखा प्रमुख अर्यालले दाबी गरे । आर्थिक पारदर्शीताको विषयमा जोड दिँदै उनले भने ‘अन्य महानगरपालिका जस्तो उम्मेद्वारले वेरुजु फस्यौट गर्नु पर्ने अवस्थानै आएन् ।’ स्रोतका अनुसार भरतपुर महानगरपालिकामा जो जति जनप्रतिनिधिले पुनः उम्मेद्वारी दिएका छन् कसैको नाममा पनि बेरुजु भुक्तानी गरेर उम्मेद्वारी दिनुपर्ने अवस्था थिएन् । जवकी निर्वाचन आयोगले पुनः उम्मेद्वारी दिनको लागि पेस्की फस्र्यौट गनुपर्ने, बेरुजु फस्र्यौट गर्नुपर्ने प्रावधान राखेको थियो ।

विज्ञापन

भरतपुर महानगरपालिकाकी पूर्व प्रमुख रेनु दाहाल पाँच दलीय गठबन्धनको तर्फबाट पुनः नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह (गोलाकार भित्र हसियाँ हथाडा) मा र चित्रसेन अधिकारी रुख चुनाव चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा छन् । उम्मेद्वार दाहाल नेकपा (माओवादी केन्द्र) भरतपुर महानगर कमिटीको इञ्चार्ज समेत हुन भने अधिकारी नेपाली काँग्रेस भरतपुर महानगर समितिको सभापति हुन् ।

निर्वाचन आयोगले व्यक्तिगत बेरुजु कायम रहे उम्मेदवारी नै रद्द हुने व्यवस्था गरेपछि निर्वाचनमा पुनः उम्मेदवारी दिने आकाँक्षी जनप्रतिनिधिले धमाधम बेरुजु फस्र्यौट गरेका थिए । चार महानगर र पाँच उपमहानगरका जनप्रतिनिधिले मात्रै पाँच करोड बेरुजु फस्र्यौट गरेको महालेखा परीक्षकको वेव साइटमा उल्लेख छ ।
महालेखा परीक्षकको कार्यालयका अनुसार निर्वाचन आयोगले बेरुजुहुने जनप्रतिनिधिले पुनः उम्मेद्वारी दिन रोक लगाएपछि काठमाडौं, ललितपुर, विराटनगर र पोखरा महानगरपालिका तथा नेपालगन्ज, जनकपुर, इटहरी, कलैया र धरान उपमहानगरका जनप्रतिनिधिले चार करोड ९८ लाख ९८ हजार आठ सय ७८ रुपैयाँ व्यक्तिगत बेरुजु फस्र्यौट गरेका थिए ।

काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यसहितका जनप्रतिनिधिले बैशाख ७ र ८ गते गरि एक करोड २७ लाख ४२ हजार बेरुजु फस्र्यौट गरेका थिए । आफुु उक्त पदमा पुनः दोहोरिने मनसायमा रहेका र एमालेको स्थानीय कमिटीले आफ्नो नामसहित केन्द्रमा सिफारिस गरेपछि उनले बेरुजु फस्र्यौट गरेका थिए ।

२०७८ चैत ३ गते प्रकाशित नेपाल राजपत्र खण्ड ७१ संख्या ५० भाग ५ मा निर्वाचन आधारसंहिता सम्बन्धी व्यवस्था छ । उक्त राजपत्रकोे परिच्छेद ९ दफा ४६ र ४७ मा उक्त व्यवस्था गरेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस